२०८२ चैत २९, आइतबार
७:४८:०१ बेलुका
- ADVERTISEMENT -

नेकपा स्थायी कमिटी बैठक : सरकारको राम्रो कामको प्रचार भएन

प्रकाशित मिति: २०७५ पुस ७, शनिबार

913
Shares

काठमाडौंँ, पुस ७ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम शनिबार सकिने भएको छ । शुक्रबारसम्म ४१ जना सदस्यले धारणा राख्नुभएपछि बाँकी सदस्यले शनिबारको बैठकमा धारणा राखेसँगै बोल्नेक्रम सकिनेछ । नेकपाको ४५ सदस्यीय स्थायी कमिटी रहेको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा गत शनिबारदेखि जारी स्थायी कमिटी बैठकमा सदस्यहरूले धारणा राख्नेक्रम सकिएसँगै पार्टी अध्यक्षद्वयले सदस्यहरूले उठाउनुभएको जिज्ञासाको सम्बोधन गर्नुहुने नेकपा कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । “शनिबार सदस्यको धारणा राखेर सकिएपछि सम्भवतः आइतबार नभए सोमबार बस्ने बैठकमा अध्यक्षद्वयले बैठकमा जवाफसहितको धारणा राख्नुहुनेछ,” सचिव श्रेष्ठले भन्नुभयो ।

स्थायी कमिटीका सदस्यहरूको बोल्ने क्रम सकिएपछि सम्भवतः एकदिन विश्राम लिने तयारी भएको छ, त्यसो भएमा सोमबार मात्र स्थायी कमिटीको बैठक बस्छ, भन्दै श्रेष्ठले थप्नुभयो, “अध्यक्षद्वयले चाहनुभयो भने आइतबार नै बैठक बस्नसक्छ तर सम्भावना कम छ ।” सचिवालय सदस्य वामदेव गौतमले छुट्टै प्रतिवेदन बैठकमा प्रस्तुत गर्नुभएको छ ।

त्यस प्रतिवेदनमाथि खासै कुरा नउठे पनि नेता गौतमलाई पनि जवाफका लागि बोल्ने अवसर दिइने स्थायी कमिटीका एक सदस्यले जानकारी दिनुभयो । शुक्रबार बोल्ने सातजना सदस्यहरुले पनि सरकार र पार्टीको गतिविधिमै केन्द्रित भएर आआफ्ना धारणा राख्नुभयो ।

बैठकमा उपप्रधानमन्त्री तथा स्थायी कमिटी सदस्य ईश्वर पोखरेलले नेतृत्वमाथि भइरहेको आलोचना पूर्वाग्रही ढङ्गले आएको जिकिर गर्नुभयो । सरकारले गरिरहेको कामको पार्टीको नेता तथा कार्यकर्ताको तर्फबाट पनि प्रचारप्रसार हुन नसकेको नेता पोखरेलले बताउनुभयो ।

पूर्वसभामुख तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले यस अवधिमा सरकारले उल्लेख्य काम गरेको भए पनि त्यसलाई जनतासम्म पु¥याउन नसकिएको टिप्पणी गर्नुभयो । “सरकारको कामप्रति म सन्तुष्ट छु तर सरकारको कामलाई स्थानीय तहसम्म पु¥याउन नसकिएको भने साँचो हो” नेता नेम्वाङले भन्नुभयो ।

बैठकमा धेरै नेताहरूले उठाएका एसिया प्रशान्त सम्मेलनको विषयमा धारणा राख्नुहुँदै नेम्वाङले भन्नुभयो, “सम्मेलनका लागि प्रेषित पत्रमा सरकार र सङ्घीय संसद्को लोगो राख्नु चाहिँ अनुचित भयो ।”

नेकपाका प्रवक्ता तथा स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले सरकार र पार्टी सञ्चालन गर्ने क्रममा नेतृत्वबाट थुप्रै कमजोरी भएको टिप्पणी गर्नुभयो । एक स्थायी कमिटी सदस्यकाअनुसार बैठकमा श्रेष्ठले भन्नुभयो, “राजनीतिक नियुिक्त गर्दा विचार नपु¥याएर भ्रष्टहरुलाई नियुक्ति गर्दै जाने अनि सुशासनको कुरा गरेर के अर्थ ?” नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट रहनुभएका नेता श्रेष्ठले नेतृत्वको खुलेरै आलोचना गर्नुभयो । नेतृत्वलाई आफ्नो गल्तीको आत्मालोचना गरेर अगाडि बढ्न नेता श्रेष्ठले सुझाव दिनुभयो ।

स्थायी कमिटीका अर्का सदस्य छविलाल विश्वकर्माले बैठकमा दुईवटा प्रतिवेदन प्रस्तुत हुँदा गलत सन्देश गएको धारणा राख्नुभयो । “नेता बामदेव गौतमको केही फरक मत थियो भने, नेतृत्वसँग सचिवालयमा बसेर एउटै प्रतिवेदन बनाउन सक्नुपथ्र्यौ, अलग प्रतिवेदनको आवश्यकता थिएन” नेता विश्वकर्माले बैठकमा सुझाव दिनुभयो । पार्टी नेतृत्वहरुको एकताले नै सरकार र पार्टी बलियो हुने भएकाले पार्टी एकता र सरकारको कामकाजमा समेत पार्टीको सहयोगको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

अर्का स्थायी कमिटी सदस्य मणि थापाले पार्टीको एकता प्रक्रिया ढिलाइले जनतामा नकारात्मक सन्देश गएको भन्दै नेतृत्वलाई त्यसमा सजग गराउनुभयो । अध्यक्षद्वयको तर्फबाट प्रस्तुत प्रतिवेदनको सन्देश मूलतः सकारात्मक रहे पनि त्यसमा सुझावअनुसार परिमार्जन गर्न उहाँले सुझाउनुभयो ।
सरकारले काम प्रभावकारी रुपमा गरिरहेको दाबी गरे पनि नागरिकलाई त्यसको अनुभूति हुन नसकेको बताउँदै नेता थापाले अझै मेहनत गरेर जनमुखी काम गर्न सरकारलाई सुझाव दिनुभयो । “सरकारको काम प्रभावकारी बनाउन पार्टी एकता जरुरी छ, स्थायी कमिटी बैठकमा एउटै प्रतिवेदन आउन सकेको भए पार्टी एकताको सन्देश जान्थ्यो, दुईवटा प्रतिवेदनले सन्देश राम्रो गएन” नेता थापाले बैठकमा सुझाव राख्नुभयो ।
पार्टी महासचिव विष्णु पौडेलका अनुसार शुक्रबारको बैठकमा अमिक शेरचन, गोकर्ण विष्टसहित सातजना सदस्यहरुले धारणा राख्नुभएको थियो । स्थायी कमिटीको अर्को बैठक शनिबार विहान बस्ने सचिवालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16