२०८३ वैशाख ८, मंगलबार
४:५७:३३ दिउँसो
- ADVERTISEMENT -

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीनिकट समूहले तनहुँमा समानान्तर कार्यसमितिको तयारी

प्रकाशित मिति: २०७५ पुस ६, शुक्रबार

824
Shares

तनहुँ, ६ पौष २०७५ । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीनिकट समूहले तनहुँमा समानान्तर कार्यसमितिको तयारी गरेको छ । बिहीबार दमौलीमा पत्रकार सम्मेलन गर्दै जोशीनिकट नेता–कार्यकर्ताले जिल्ला नेतृत्वप्रति असन्तुष्टि जनाउँदै अलग्गै विशेष भेलाको घोषणा गरेका हुन् ।

पार्टीको जिल्ला नेतृत्व परिवर्तन गर्न भन्दै उनीहरुले आगामी माघ ८ गते विशेष अधिवेशन आयोजना गर्ने भएका छन् । जोशीनिकट समूहले पार्टी नेतृत्वको गतिविधि कमजोर भएको र निर्वाचनमा समेत सबै सीटमा पराजय भोग्नुपरेको भन्दै त्यसप्रति चर्को असन्तुष्टि व्यक्त गरेको थियो ।

पत्रकार सम्मेलनमा नेता जोशीले चुनावमा पार्टी कमजोर हुनुमा नेतृत्वको हात भएको भन्दै सोही कारण नेतृत्व परिवर्तन गर्नुपरेको दावी गरे । नेता जोशीले पार्टीका क्षेत्रीय प्रतिनिधिलाई महाधिवेशन डाक्ने अधिकार भएको जिकिर गर्दै विशेष अधिवेशन बोलाइएको बताएका छन् । ‘पार्टी नेतृत्वले सही काम गर्न नसकेको साथीहरुले ठहर गरेकाले क्षेत्रीय प्रतिनिधिहरुले अधिवेशन घोषणा गरिएको हो,’ जोशीले भने ।

यस अधिवेशनमा उनले पार्टीको विधानअनुसार २५ प्रतिशतभन्दा बढी क्षेत्रीय प्रतिनिधि आउने दावी गरेका छन् । अधिवेशन आयोजनाका लागि डिल्लीराम अधिकारीको नेतृत्वमा आयोजक समिति समेत गठन गरेको बताइएको छ ।

जोशी समूहले घोषणा गरेको अधिवेशनप्रति भने पार्टी नेतृत्वको समर्थन छैन । पार्टीकै विधानविपरित देखिने यस अधिवेशनबाट चुनिने नयाँ कार्यसमिति कांग्रेसको समानान्तरक कमिटीकै हैसियतमा रहने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81