Opens in a new tab
२०८३ मंसिर १, सोमबार
७:१७:५७ बिहान
- ADVERTISEMENT -

निर्मला पन्त हत्या प्रकरणमा १८ जना प्रहरी कारबाहीमा पर्ने

प्रकाशित मिति: २०७५ पुस ६, शुक्रबार

1825
Shares

काठमाडौं, ६ पौष २०७५ । कञ्चनपुरको भीमदत्तनगर नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा १८ जना प्रहरी कारबाहीमा पर्ने भएका छन् ।

निर्मला प्रकरणको अनुसन्धानमा भएको लापरबाहीको छानबिन गर्न गत भदौ ३१ गते एआइजी धीरु बस्न्यातको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले १८ जना प्रहरीमाथि विभागीय कारबाहीको सिफारिस गरेको हो ।

बस्न्यात नेतृत्वको समितिले निर्मला प्रकरणको अनुसन्धानमा लापरबाही गरेको ठहर गर्दै हाल बर्खास्त जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित १८ जनामाथि कारबाहीको सिफारिस गरेको हो ।

कस–कसको गल्ती ?

प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीका अनुसार कारबाहीमा पर्नेहरुमा एकजना एसपी, दुईजना डिएसपी, तीनजना इन्स्पेक्टर, चारजना सई, तीनजना हवलदार र पाँचजना सिपाहीँ रहेका छन् ।

कारबाहीको सिफारिस गरिएकाहरुमा एसपी विष्ट, जिप्रका कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठ्ठी, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी अंगुर जिसी रहेका छन् । त्यसैगरी इन्सपेक्टरहरुमा वडा प्रहरी कार्यालयका तत्कालीन प्रमुख जगदीश भट्टलाई पनि दोषी देखाउँदै समितिले कारबाहीको सिफारिस गरेको छ । त्यसैगरी इन्सपेक्टरद्वय एकिन्द्र खड्का र गणेश सापकोटा पनि कारबाहीमा पर्ने भएका छन् ।

निर्मल प्रकरणको अनुसन्धानमा लापरबाही गर्नेहरुमा सईतर्फ रामसिंह धामीसहित चारजनाको नाम समितिले कारबाहीका लागि सिफारिस गरेको छ । त्यसैगरी तीनजना हवलदार र पाँचजना सिपाहीँको पनि यो प्रकरणमा गल्ती औँल्याउँदै समितिले विभागीय कारबाहीको सिफारिस गरेको छ ।

‘समितिले दिएको सुझाव र सिफारिस अनुसार यी १८ जनामाथि कानुन शाखाले कारबाही अघि बढाउनेछ’, छानबिन समितिका सदस्यसमेत रहेका प्रहरी प्रवक्ता सुवेदीले भने, ‘दुई खण्डमा रहेको प्रतिवेदनले एकातिर सुझाव दिएको छ भने अर्कातिर अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीको गल्ती पनि औँल्याएको छ ।’

कञ्चनपुरको भीमदत्तनगर नगरपालिका(२ उल्टाखाम निवासी १३ वर्षीया निर्मला गत साउन १० गते साथी रोशनी बमकहाँ होमवर्क गर्न गएपछि हराएकी थिइन् । उनको शव साउन ११ गते भीमदत्तनगर नगरपालिका(२ र १८ को सिमानामा पर्ने उखुबारीमा फेला परेको थियो । समाचार अन्नपूर्ण पोष्टमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -