गोरखा, ५ पौष २०७५ । पूर्व राष्ट्रपति डा.रामवरण यादवले विभिन्न रुपमा भइरहेको धर्म प्रचार र परिवर्तन प्रति असन्तुष्टि जनाएका छन ।

उद्योग वाणिज्य संघले आयोजना गरेको १० औं गोरखा महोत्सवको सदरमुकाममा उद्घाटन गर्दै पूर्व राष्ट्रपति डा.यादवले बेलामै संसदले कानुन बनाएर व्यवस्थापन नगरे द्वन्द्वको बिउ रोपिने बताए ।

महोत्सव उद्घाटन कार्यक्रमको अवसरमा एकै वर्ष दुई हिमाल आरोहण गर्ने गोरखाकी पूर्णिमा श्रेष्ठ ,इतिहासकार दिनेशराज पन्त, पर्यटन तर्फबाट मनास्लु संरक्षण क्षेत्र आयोजना र उद्योग तर्फ गोरखा आयुर्वेद कम्पनी लाई गोरखा उद्योग वाणिज्य संघले सम्मान गरेको छ । महोत्सव शुरु हुन अघि विभिन्न जातजाति सहितको झाँकीले बाजागाजा सहित बजार परिक्रमा गरेको थियो । महोत्सव आगामी पुस १४ गते सम्म चल्नेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्