काठमाडौं,५ पौष २०७५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका प्रस्ताव गरेका छन् । बुधबार सिंहदारस्थित संसदीय दलको कार्यालयमा साँझ बसेको अनौपचारिक बैठकमा सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेको पत्रसहित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेका हुन् ।
उनले १४ औं महाधिवेशनको कार्यतालिकासँगै पार्टीको संगठानात्मक सुधारका लागि प्रशिक्षण र निर्वाचनमुखी कार्यक्रमहरु अगाडि सारेका छन् ।
सभापति शेरबहादुर देउवाले भने रामचन्द्र पौडेलको प्रस्ताव प्रति कुनै प्रतिक्रिया जनाएका छैनन् ।
यस्ता छन् पौडेललको प्रस्तावित कार्यतालिका :
– २०७५ पुस १६ देखि २०७६ असार मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षण सहित सदस्यता वितरण अभियान चलाउने ।
– २०७६ असोज मसान्त सम्म क्रियाशील सदस्यता वितरण, नविकरण गर्ने, संगसंगै प्रशिक्षण कार्यक्रम गर्ने ।
– २०७६ मंसीर मसान्तसम्म टोल, मतदान केन्द्र, वडा, गाउँपालिका, नगरपाकिा, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन सम्पन्न गर्ने ।
– २०७६ पुस मसान्तसम्म प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गर्ने ।
– २०७६ माघ १६ प्रदेश अधिवेशन सम्पन्न गर्ने ।
– २०७६ फागुन ७ गते केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने ।
-२०७६ चैतबाट २०७७ असोज मसान्तसम्म नवनिर्वाचित सबै तहका समितिहरुको बैचारिक तथा संगठनात्मक प्रशिक्षक, प्रशिक्षण तालिम संचालन गर्ने र देशव्यापी प्रशिक्षण कार्यक्रम चलाउने ।
– चैत मसान्त सम्म जनसरोकारका कार्यक्रमहरु अभियानका रुपमा संचालन गर्ने ।
– २०७८ बैशाखबाट निर्वाचनमुखी कार्यक्रम संचालन संचालन गर्ने ।