२०८२ चैत २९, आइतबार
६:५९:३४ बेलुका
- ADVERTISEMENT -

नेपाली काँग्रेस महासमिति बैठक: तल्लो तहलाई बलियो बनाउन सुझाव

प्रकाशित मिति: २०७५ पुस ५, बिहीबार

1045
Shares

काठमाडौँ, ५ पौष २०७५ । राजधानीमा जारी नेपाली काँग्रेसको महासमिति बैठक अझै लम्बिएको छ । पुस ३ गते समापन हुने भनिएको बैठक लम्बिएपछि बिहीबारदेखि पार्टी कार्यालय सानेपामा नै बस्ने भएको छ । रामशाहपथस्थित एक पार्टी प्यालेसमा मङ्सिर २८ गतेदेखि हुँदै आएको बैठक बिहीबार बिहान ९ बजेदेखि पार्टी कार्यालयको प्राङ्गणमा चल्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

उहाँले बुधबार राति अवेरसम्म भए पनि विधान संशोधनको प्रस्तावमा सहमति जुट्ने र बिहीबारको बैठकमा सदस्यहरूको हातहातमा पु¥याएर त्यसमाथि छलफल हुने बताउनुभयो । उहाँले अहिलेसम्म आफ्ना विचार राख्न समय नपाएकाहरूलाई विधानका बारेमा विचार राख्न समय दिइने बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको विधान संशोधनका बारेमा महासमिति बैठक अगावै केन्द्रीय कार्यसमितिमा सहमति जुट्न नसक्दा बैठक लम्बिन पुगेको बताउनुभयो । उहाँले केन्द्रीय समितिले प्रस्तावको मस्यौदा पारित गरेको भए चार पाँच दिनसम्म विधानमाथि व्यापक छलफल गरिनुपर्नेमा वक्तालाई चार मिनेट समयमा सीमित गर्नुपरेको, पार्टीका आगामी रणनीति के हुने कसरी जाने भन्ने बारेमा योजना बनाउन नसकिरहेको बताउनुभयो । विधानबाहेक अन्य प्रस्तावहरुमाथि पनि ठोस छलफल हुन प्रशस्त समय नपाएको गुनासो महाअधिवेशन प्रतिनिधिहरूको छ ।

बुधबारको बैठकमा १७० भन्दा बढी सदस्यले आफ्ना धारणा राख्नुभएको थियो । बैठकमा बोल्ने अधिकांश सदस्यले केन्द्रीय नेतृत्वहरू गुट उपगुटमा लाग्दा पार्टी कमजोर भएको, पार्टीको तल्लो तहलाई अधिकार सम्पन्न र बलियो बनाउनु जरुरी भएको, निर्वाचनमा मेरा र तेरा भन्दै टिकट वितरण नगरी इमानदार र सक्षमलाई टिकट वितरण गरिनुपर्ने धारणा राख्नुभएको थियो ।

बैठकमा बोल्ने वक्ताहरूले स्वर्गीय नेता बीपी कोइरालाको जस्तो विचार, गिरिजाप्रसाद कोइरालाको जस्तो अठोट, सुशील कोइरालाको जस्तो इमानदार प्रवृत्ति, कृष्ण्प्रसाद भट्टराई र गणेशमान सिंहको जस्तो त्यागी मन र सुवर्णशमशेरको जस्तो धन भएको नेताको आवश्यकता रहेको बताउनुभयो । वक्ताहरूले केन्द्रीय नेतृत्व आआफ्नै स्वार्थमा लिप्त भएको र स्वार्थ नमिल्दासम्म गुटबन्दी गर्ने, केही पद पाए फेरि गुटउपगुट एक हुने चरित्र देखाएको भन्दै आलोचना समेत गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16