२०८३ वैशाख ८, मंगलबार
४:३०:०० दिउँसो
- ADVERTISEMENT -

गोरखामा सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र

प्रकाशित मिति: २०७५ पुस ४, बुधबार

1454
Shares

गोरखा, ४ पौष २०७५ । गोरखाको सहिद लखन गाउँपालिका-२, मनकामनाका सुन्तला खेती गरिरहेका किसानलाई ‘किसान परिचयपत्र’ दिन थालिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले व्यावसायिक सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र दिन थालेको हो ।

किसानलाई व्यावसायिक खेती गर्न प्रेरणा मिलोस् भनेर परिचयपत्र दिइएको परियोजनाका प्रमुख अजय अधिकारीले जानकारी दिए ।

अमिलो जातका फलफूलको व्यावसायिक खेती गर्दै जिल्लाभरका १ हजार २ सय किसानलाई चालु आर्थिक वर्षमा परिचयपत्र प्रदान गर्ने योजना छ। ‘सुन्तला जोन क्षेत्रभित्रका सबै किसानलाई परिचयपत्र दिने तयारी गरेका छौं,‘परियोजना प्रमुख अधिकारीले भने ।

परिचयपत्र लिन किसानले निवेदनसँगै दुईप्रति फोटो, नागरिकता र लालपुर्जाको फोटोकपि बुझाउनुपर्ने व्यवस्था गरिएको छ। परिचयपत्र लिन चाहने किसानले कम्तीमा सुन्तलाका २० बोट, कागती वा अमिलो जातका फलफूल खेती गरेको हुनुपर्ने परियोजनाका सञ्चालक समितिका संयोजक धुव्रप्रसाद खनालले बताए ।

परिचयमार्फत किसानले बारीमा लगाएका सुन्तला खेतीको जानकारी लिन सकिने संयोजक श्रेष्ठले बताए। ‘परिचयपत्र वितरणपछि किसानलाई उपलब्ध गराइने अनुदानलाई व्यवस्थित गर्न सहज हुनेछ,’ उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81