२०८३ वैशाख ८, मंगलबार
३:२९:१४ दिउँसो
- ADVERTISEMENT -

नेपाल आइडलको टिकट खुल्ला

प्रकाशित मिति: २०७५ पुस ४, बुधबार

763
Shares

काठमाडौँ, ४ पौष २०७५ । सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ सिजन–२ को टिकट विक्री खुला गएिको छ । टिकट ई–सेवा मार्फत लिन सकिने नेपाल आइडल टिमले जनाएको छ । टिकट शूल्क ५००, १०००, १५०० र २००० हजार रुपैयाँ रहेको छ ।

नेपाल आइडलको ग्राण्ड फिनाले यही पुस ६ गते ललितपुर पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा सााझ ५ बजे हुँदैछ ।

उपाधिका लागि पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवी ओडले फिनाले प्रतिस्पर्धामा छन् । उनीहरुले गत हप्ता नै फिनालेका लागि प्राप्त हुने भोटका लागि आफ्नो प्रस्तुती दिइसकेका छन् । आगामी शुक्रबार (६ गते) साँझ ५ बजेसम्मका लागि भोटिङ लाइन खुला गरिएको नेपाल आइडलले जनाएको छ ।

‘नेपाल आइडल’ सिजन वानको शिर्ष उपाधि पोखराका बुद्ध लामाले उचालेका थिए । उक्त सिजनमा फष्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दास भएका थिए । गत वर्ष तीन जनालाई फिनालेमा पुर्याइएको थियो भने यो पटक चार जनालाइे फिनालेमा लगिएको हो ।

विक्रम र सुमित अडिसन राउण्डमा गोल्डेन माइक पाएका प्रतिस्पर्धी हुन् । गोल्डेन माइक पाएका अन्य दुई जना प्रतिस्पर्धी निलिमा थापा मगर र मीनराज पौडेल बाहिरिसकेका छन् । नेपाल आइडल सिजन–२ का विजेताले २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर जित्ने छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81