- ADVERTISEMENT -

कहिलेसम्म टेकोमा कुमारीघर ?

December 18, 2018
1788
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ३ पौष २०७५ । वसन्तपुर गद्दी वैठक सामुन्नेको जीवित देवी कुमारीको घर पुनःनिर्माण कहिले हुने र कहिलेसम्म टेकोले अड्याइरहने हो ? श्रीकुमारीघरको आँगनमा भित्रने प्रायःले यो जिज्ञासा राख्दै आएका छन् ।

विशेष गरेर वसन्तपुर आसपासका वासिन्दा र अध्ययन भ्रमणका क्रममा यहाँ भित्रने छात्रछात्राले गर्ने मुख्य प्रश्न नै यही हुनेगरेको छ । कुमारीघरका गौतमरत्न शाक्यका अनुसार यो घर बनाउनका लागि ध्यानाकर्षण गराउँदै आएको भए पनि पहल हुन नसकेको छैन ।
गुठी संस्थानका उपप्रशासक सरोज थपलियाका अनुसार कुमारीघर बनाउनका लागि पुनःनिर्माण प्राधिकरणलाई अनुरोध गरिए पनि काम अगाडि बढ्न सकेको छैन । काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले श्रीकुमारी रथयात्राको सुरुआत गरेसँगै कुमारी निवासका रुपमा यो घर निर्माण गराएका थिए । भूकम्पअगावै माटो झर्दै गएर जर्जर बनेको यो घर २०७२ सालको भूकम्पले निकै कमजोर बनाएको थियो ।

- ADVERTISEMENT -

Advertisement

कुमारीघरको एकपाटो प्रयोग गर्दै आउनुभएका महाने धनभाजु महर्जनका अनुसार कुमारीघर नबनाइ नहुने अवस्थाको छ, भित्र हिँड्न बस्न नै डरलाग्दो छ । वसन्तपुर गद्दी वैठकको निर्माण सम्पन्नपछि यो छेवैको कुमारीघरमा दर्जनौँ टेका लगाइएको दृष्य अशोभनिय पनि भएको स्थानीय बताउँछन् । स्थानीय अमृत स्थापित भन्नुहुन्छ,‘वसन्तपुर दरबार बन्यो, नौ तले दरबार बन्दैछ तर कुमारी घर जस्तो महत्वपूर्ण भवन टेकोले अडिएको छ ।’

जात्रा र पर्वमा राष्ट्रप्रमुखको समेत आगमन हुने भक्तपुर गछेँको नवदुर्गा, पाटनको कृष्ण मन्दिर, वसन्तुपरको गद्दी वैठक र पशुपति, वत्तीसपुतलीको रामचन्द्र मन्दिरको सवलिकरण र पुनःनिर्माण सकिएको अवस्थामा जीवित देवता रहने घर नै किन टेकोमा मात्र अडियो ? गुठी संस्थानमा पनि यो चासो सहित मानिसहरू प्रश्न गर्ने गरेको संस्थानका अधिकारी बताउँछन् ।

संस्थानले कुमारीघर, भद्रकालीको घर सत्तल, महाकाल लगायतका सम्पदाका लागि प्राधिकरणसँग सुनवाइ नभएको संस्थानले जनाएको छ । ‘संविधान विपरीत देवस्वमा लगाइएको आयकर फिर्ता र सरकारले दिनुपर्ने मुआव्जाको अवौँ रुपियाँ संस्थानलाई चुक्ता ग¥यो भने संस्थान आफैँ कुमारीघर लगायतको सवै सम्पदा बनाउन सक्छ’, संस्थानका प्रवक्ता एवं उपप्रशासक थपलिया बताउनुहुन्छ । उहाँका अनुसार त्यस्तो वक्यौता ३० अर्व रुपियाँ हाराहारीमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -