- ADVERTISEMENT -

नेता रामचन्द्र पौडेल : पार्टी भित्रको कमजोरी हटाउन एकता गर्नुपर्नेमा जोड

December 15, 2018
2436
Shares
- ADVERTISEMENT -

काठमाण्डौ, २९ मङ्सिर २०७५ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्रको कमजोरी हटाउन एकता गर्नुपर्ने बताउनुभएको छ । सनिबारदेखि राजधानी काठमाण्डौमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले एकता देखाउनका लागि मात्रै नभई यथार्थमा पार्टी एकता हुनुपर्ने बताउनुभएको हो । उपसभापति विजय कुमार गच्छदारले हात उठाएर एकताको संदेश दिन गरेको आव्हान प्रति लक्षीत गर्दै उहाँले हात उठाएर मात्रै एकतावद्ध नहुने उल्लेख गर्नुभयो । एकताको बैज्ञानिक आधार खडा गरि कार्यगत र ठोस एकता हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

युवा अवस्था देखि सभापति देउवा र आफ्नो एउटै लक्ष्य र संघर्ष गरेका मान्छेका बीचमा मेल किन नहुने भन्दै उहाँले महासमिति सदस्यहरुलाई प्रश्न गर्नुभयो “फर्केर जिल्लामा जाँदा एक भएर जानुहुन्छ कि हुदैन ? फेरी जिल्लामा गएर छिड्के दाउ खेल्नु हुन्छ कि हुदैन ? ”‘अगुल्टोले हानेको कुकुर बिजुली देखी तर्सिन्छ ’भने जस्तो विगतमा पनि एकता भएको संदेश दिएर पार्टी ठुलो दुर्घटनामा परेको उल्लेख गर्दे उहाँले भन्नुभयो “यथार्थबादी बनेर विषय, कार्यशैली र पार्टी भित्रको कमजोरी हटाउन एकता गरौ । ”

- ADVERTISEMENT -

Advertisement

नेपाली कांग्रेस धेरै ठुलो संकटमा भएको भन्दै उहाँले त्यसको सामना गर्नका लागि पार्टीभित्र एकता हुनुपर्ने उल्लेख गर्नुभयो । विगतमा उम्मेदवारीको टिकट दिंदा गल्ती भएको भन्दै सही मुल्यांकन गरेर क्षमता र योगदानको कदर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले आगामी चुनावमा ठुलो पार्टी बन्ने तयारीका साथ पार्टीले कार्यतालिका बनाई आफ्ना कार्यक्रमहरुलाई अघि बढाउनुपर्र्ने बताउनुभयो ।

कम्युनिष्टकै लहै लहैमा लागेर कार्यकर्ताहरुले पनि नेताहरुलाई विपीको बाटो छोडे भन्ने आरोप लगाउने गरेको भन्दै उहाँले नेतृत्वले विपीको बाटो नछोडेको दाबी गर्नुभयो । बहुलवादमा आधारित संसदीय लोकतन्त्र, गाउमा अधिकार पुर्याउने, ग्रामिण विकास देखि मुलुकको अर्थतन्त्रमा सुधार ल्याउने लगायत काम विपिकै चाहाना अनुरुपका भएको दाबी उहाँले गर्नुभयो ।

नया शोषक जन्माउने तर्फ सरकारका कामहरु अघि बढेको भन्दै उहाँले सरकारका गलत क्रियाकलाप विरुद्ध एकजुट हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । सम्वृद्ध नेपाल सुखी नेपालीको नारा दिए पनि सरकार त्यसको बाटोमा अघि नबढेको ठोकुवा गर्नुभयो । आफ्नो नारा अनुसार सरकारका क्रियाकलाप केन्द्रीत नभएकाले जनताले कांग्रेसको प्रतिक्षा गरिरहेको दाबी पनि उहाँले गर्नुभयो ।

असिमिति भोगको लालसामा नपर्न पनि उहाँले आग्रह गर्नुभयो । कांग्रेस एक नभएसम्म सरकारको अधिनायवादी शैलि विरुद्ध लड्न नसकिने भन्दै उहाँले कार्यगत एकता हुनुपर्ने जोड दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -