काठमाण्डु,२९ मंसिर- कांग्रेसको विधानअनुसार हरेक वर्ष हुनुपर्ने महासमिति बैठक ६ वर्षपछि शनिबार सुरु हुँदैछ ।

यसअघि ०६९ चैतमा महासमितिको नवौँ बैठक भएको थियो । शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको ३२ महिनापछि बैठक हुन लागेको हो । नेतृत्व बदल्नेबाहेक पार्टीका नीतिगत निर्णयहरूका लागि कांग्रेसमा महासमिति बैठक महत्वपूर्ण मानिन्छ । महासमितिलाई महाधिवेशनपछि पार्टीको ठूलो फोरमका रूपमा लिइन्छ । महासमितिले विधान संशोधनलाई दुई तिहाइले पास गर्नेदेखि पार्टीको भावी राजनीतिक दिशा तय गर्नेछ । कांग्रेसले एक करोड खर्चमा महासमिति बैठक सकाउने अनुमान गरेको छ ।

बिहान ८ बजे खाजा र दिउँसो खाना पार्टीले आफ्नो खर्चमा खुवाउँदै छ । तर, बेलुकाको खाना र बासको प्रबन्ध भने महासमिति सदस्यहरूले आफैँ गर्नुपर्छ । बिहान खाजाको मेनुमा चिया र बिस्कुट राखिएको छ । नयाँ पत्रिकाबाट

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्