काठमाडौं, २८ मङ्सिर २०७५ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन अनिश्च्ति बनेको छ । अध्यक्ष बद्री सिग्देलले जिल्ला अधिवेशन आधा पनि सम्पन्न नभएको जनाउँदै तोकिएको समय मंसिर २७ २८ मा महाधिवेशन सम्पन्न हुन नसकेको जनाउनु भएको हो ।

गत साउन १० गते बसेको युनियनको केन्द्रीय समिति बैठकले आजसम्म महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो ।

‘नेपाल प्रेस युनियन केन्द्रीय समितिको मिति २०७५ साउन १० गते बसेको पूर्ण बैठकले निर्णय गरे अनुसार युनियनको नवौं राष्ट्रिय महाधिवेशन २०७५ मंसिर २७-२८ गते तोकिएकोमा जिल्ला शाखा तथा प्रतिष्ठानहरुको अधिवेशन आधाको हाराहारीमा मात्र सम्पन्न भएको अवस्था एकातिर रह्यो भने अर्कोतर्फ यही समयमा नेपाली कांग्रेसको महासमिति बैठक परेका कारण नवौं महाधिवेशन तोकिएको मितिमा सम्पन्न गर्न असमर्थ भएका छौं,’ अध्यक्ष सिग्देलले आज बिज्ञप्ती जारी गर्दै भन्नुभएको छ ।

सिग्देलका अनुसार अव सवै जिल्ला अधिवेशन सम्पन्न भएपछि बस्ने केन्द्रीय समितिले महाधिवेशनको मिति तोक्ने छ । ‘नयाँ महाधिवेशनको मिति तय गर्न अगाडी बाँकी रहेका शाखाहरुको अधिवेशन मिति २०७५ पुस मसान्तभित्र सक्ने र सचिबालयको बैठकको निर्णय अनुरुपै पुस मसान्तभित्र सबै शाखाहरुको अधिवेशन सम्पन्न भइसकेपछि अर्को बैठकमार्फत तत्काल नयाँ महाधिवेशनको मिति तोकिने जानकारी गराउँदछौं । साथै लोकतान्त्रिक विधि र पद्धती अनुरुप महाधिवेशनबाट नयाँ नेतृत्व हस्तान्तरण गर्न हामी प्रतिवद्धता जाहेर गर्दछौं,’ बिज्ञप्तीमा भनिएको छ ।

 बिज्ञप्ती
नेपाल प्रेस युनियन केन्द्रीय समितिको मिति २०७५ साउन १० गते बसेको पूर्ण बैठकले निर्णय गरे अनुसार युनियनको नवौं राष्ट्रिय महाधिवेशन २०७५ मंसिर २७-२८ गते तोकिएकोमा जिल्ला शाखा तथा प्रतिष्ठानहरुको अधिवेशन आधाको हाराहारीमा मात्र सम्पन्न भएको अवस्था एकातिर रह्यो भने अर्कोतर्फ यही समयमा नेपाली कांग्रेसको महासमिति बैठक परेका कारण नवौं महाधिवेशन तोकिएको मितिमा सम्पन्न गर्न असमर्थ भएका छौं ।

यसर्थ, नयाँ महाधिवेशनको मिति तय गर्न अगाडी बाँकी रहेका शाखाहरुको अधिवेशन मिति २०७५ पुस मसान्तभित्र सक्ने र सचिबालयको बैठकको निर्णय अनुरुपै पुस मसान्तभित्र सबै शाखाहरुको अधिवेशन सम्पन्न भइसकेपछि अर्को बैठक मार्फत तत्काल नयाँ महाधिवेशनको मिति तोकिने जानकारी गराउँदछौं । साथै लोकतान्त्रिक विधि र पद्धती अनुरुप महाधिवेशनबाट नयाँ नेतृत्व हस्तान्तरण गर्न हामी प्रतिवद्धता जाहेर गर्दछौं ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्