- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पार्टीले नयाँ गति लिने विश्वास

December 14, 2018
836
Shares
- ADVERTISEMENT -

काठमाडौँ, मङ्सिर २८ गते । नेपाली काँग्रेसको शनिबारदेखि काठमाडौंँमा शुरु हुने महासमितिको बैठकले पार्टीभित्रका गुटबन्दीको अन्त्य गर्ने, पार्टी सञ्चालन विधिसम्मत ढंगले हुने र नयाँ गति प्रदान गर्ने विश्वास बोकेर महासमिति सदस्यहरू काठमाडौंँ आइपुगेका छन् ।
ओलढुङ्गाका नेता एवम् महासमिति सदस्य रामहरि खतिवडाले नेपाली काँँँग्रेसको विचारको जीत भइरहँदा पनि पार्टीले हारेको अवस्थामा हुन लागेको महासमिति बैठकले पार्टी सञ्चालनको पुरातन पद्धतिलाई त्यागेर नयाँ ढंगले अगाडि बढ्ने विश्वास ब्यक्त गर्नुभयो ।

प्रदेश २ का महासमिति सदस्य वजरंग नेपालीले बैठकपछि नयाँ संविधानअनुसार पार्टीको संरचना बन्ने र संविधानले जस्तै पार्टीका हरेक तहमा समावेशीको सिद्धान्तलाई अंगिकार गरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले बैठकमा प्रस्तुत हुने आर्थिक, राजनीतिक, सांगठनिक प्रस्ताबहरु सर्वसम्मत रुपमा पारित भएर स्पष्ट दिशानिर्देश सहित पार्टी अगाडि बढ्ने, पार्टीका नेता र कार्यकर्तामा देखिएका द्विविधाको अन्त्य हुने, नेतृत्व तहको खण्डित मानसिकता तोडिने बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

महोत्तरीका पार्टी सभापति महेन्द्रकुमार रायले महासमिति बैठकले पार्टीलाई सही दिशामा डो¥याउने विश्वास ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– अब पार्टीका सबै तहमा सुधार हुनु जरुरी छ ।

प्रदेश ३ को प्रतिनिधित्व गर्नुहुने डा केदार नरसिंह केसीले पार्टीको सर्वोच्च निकाय महासमितिको बैठक निकै समयको अन्तरालमा हुन लागेकाले सबैमा उत्साह थपिएको बताउनुभयो । उहाँले बैठकले देशको नयाँ संरचनाअनुसार आफ्नो संगठन निर्माण गर्ने, नेतृत्वबारे घनिभूत छलफल हुने, लोकतान्त्रिक समाजबादलाई समय सापेक्ष कसरी बनाउने भन्ने स्पष्ट खाका कोर्ने विश्वास ब्यक्त गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

ताप्लेजुङकी पार्टी सभापति लीला बोखिमले बैठकमा प्रस्तुत हुने संशोधित विधानले पार्टीलाई चुस्त दुरुस्त बनाउने, संगठनलाई पालिका, वडा र बुथ तहसम्म ब्यवस्थित र मजबुत बनाउन स्पष्ट खाका तय गर्ने, पार्टीभित्र लोकतान्त्रिक, समावेशी चरित्रको विकास गर्दै महिलाको सम्मानजनक उपस्थितिलाई सुनिश्चित गर्नका लागि आफूहरुले बैठकमा आवाज उठाउने बताउनुभयो ।

दार्चुलाका पार्टी सभापति एवं महासमिति सदस्य ललितसिंह बोहराले महासमितिको बैठकपछि पार्टीले पुनर्जिवित भएर नयाँ ढंगले अगाडि बढ्ने अपेक्षा गर्नुभयो । ‘यो बैठकले पार्टीलाई जीवन्त बनाउने छ । नेताहरु एक भएको सन्देश प्रवाह गर्न महासमितिको बैठक सफल हुनेछ’, उहाँले भन्नुभयो ।

हुम्लाका महासमिति सदस्य कर्ण रावलले पार्टीको विधान संशोधन गर्दा सबै क्षेत्रका नेता कार्यकर्ताका भावना समेटिने विश्वास व्यक्त गर्नुभयो । विधान संशोधनको मस्यौदा तयारीको क्रममा आफूहरुले दिएका सुझाव समावेश हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com