२०८२ चैत २९, आइतबार
८:२१:१६ राति
- ADVERTISEMENT -

इञ्जिनीयर एशोसिएसनको निर्वाचन शुक्रबार, यस्तो छ दुवै समुहको चुनावी रणनीति

प्रकाशित मिति: २०७५ मंसिर २७, बिहीबार

1064
Shares

काठमाडौं, २७ मङ्सिर २०७५ । नेपाल इञ्जिनीयर्स एशोसिएसनको ३२औँ कार्यकारिणी समितिको निर्वाचन शुक्रबार काठमाडौँलगायत सातवटै प्रदेशमा हुने भएको छ ।

निर्वाचनमा प्रगतिशील समूह र लोकतान्त्रिक समूहबीचमा प्रतिस्पर्धा हुने भएको छ । दुवै समूहले निर्वाचन प्रचार सम्पन्न भएको जानकारी दिएका छन् ।

प्रगतिशील समूहका तर्फबाट अध्यक्षमा त्रिरत्न बज्राचार्य, उपाध्यक्षमा आशिष घिमिरे, महासचिवमा छविराज पोखरेल, उपमहासचिवमा कपिल आचार्य, कोषाध्यक्षमा रामएकवाल यादव र सहकोषाध्यक्षमा चाँदमाला श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

यस्तै लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्षमा हिरेन्द्रमान प्रधान, उपाध्यक्षमा डा चण्डिकाप्रसाद भट्ट, महासचिवमा अभिमन्यूलाल सिंह, उपमहासचिवमा अशोककुमार शाह, कोषाध्यक्षमा अपिल केसी र सहकोषध्यक्षमा जानुका थापाले उम्मेदवारी दिनुभएको छ ।

प्रगतिशील समूहले एशोसिएसनभन्दा बाहिर रहेका इञ्जिनीयरलाई आकर्षण गरेर एशोसिएसनमा ल्याइने योजना अगाडि सारेको छ । सो समूहका तर्फबाट महासचिवका उम्मेदवार पोखरलले समग्र इञ्जिनीयरको हितका लागि आफ्नो समूहले व्यावहारिक र वैज्ञानिक कार्यक्रम अगाडि सारेको बताउनुभयो । उहाँले सातवटै प्रदेशमा इञ्जिनीयरको लगानीमा सहकारी, स्टाफ कलेजको अवधारणासमेत आफूहरुको रहेको जानकारी दिनुभयो ।

राष्ट्रिय योजना आयोगसँग समन्वय गरेर मुलुक निर्माणमा लाग्ने, सुखी नेपाली, समृद्ध नेपालको अवधारणालाई कार्यान्वयन गर्ने, दुर्घटना बीमा र इञ्जिनीयरको लगानीमा १५० मेगावाट विद्युत् उत्पादनजस्ता कार्यक्रम प्रगतिशील समूहले अगाडि सारेको छ । यस्तै समग्र इञ्जिनीयरको न्यूनतम तलब, इञ्जिनीयर स्टाफ कलेज र एशोसिएसनलाई कर्मी इञ्जिनीयरको समूह बनाउने घोषणा गरेको छ ।

लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्षमा प्रत्यासी प्रधानले सबै विचार र पक्षलाई मिलाएर लैजाने आफूहरुको योजना रहेको बताउनुभयो । उहाँले नेपालमा इञ्जिनीयरिङ कलेजको सङ्ख्या बढी भएकाले प्राविधिक विश्वविद्यालय स्थापना गर्ने, क्षमता अभिवृद्धिका लागि पाठ्यक्रममा नै अनिवार्यरुपमा आयोजनामा गएर तालीम लिनुपर्ने, स्टाप कलेज स्थापना गर्नेलगायतका अवधारणा सार्वजनिक गरेको जानकारी दिनुभयो ।

शुक्रबार एकैदिन केन्द्रीय कार्यकारिणी समिति र सातवटै प्रदेशको सात कार्यकारिणी समितिको निर्वाचन हँुदैछ । करिब १७ हजार इञ्जिनीयरले १४ केन्द्रमा मतदान गर्ने कार्यक्रम छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16