- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

धन्यवाद दिने उत्कृष्ठ शब्द खोज्दैछु – मिस नेपाल खतिवडा

December 13, 2018
1130
Shares
- ADVERTISEMENT -

काठमाडौं, २७ मङ्सिर २०७५ । मिस वल्र्डको टप १२ मा पुग्न सफल मिस नेपाल श्रृखला खतिवडाले आफुलाई माया हौसला र मत दिने सबैलाई धन्यवाद दिएकी छन् ।

चीनको सान्यामा आयोजिम मिस वर्ल्ड प्रतियोगितामा भाग लिएर फर्किएकी खतिवडाले विमानस्थलमा संचारकर्मीसग कुरा गर्दै आफुले धन्यवाद दिने सबैभन्दा राम्रो शब्द नै अहिले नपाएको बताइन् ।

- ADVERTISEMENT -

Advertisement

उनले ताज जित्न नसके पनि सबैको माया जितेर आएको प्रतिक्रिया दिइन् । ‘मेरो प्रमुख उद्देश्य नेपाललाई चिनाउनु थियो, त्यसमा केही हदसम्म सफल भएँ जस्तो लाग्छ ।’ आफूलाई ब्यूटी विथ द प्रपोज अवार्डप्रति सुरुदेखि झुकाव भएको भन्दै उनले यो अवार्ड जित्दा मिस वल्र्ड नै जितेको जस्तो अनुभूति भएको श्रृंखलाले बताइन् । यस्तै सम्पूर्ण नेपालीहरुको सहयोग र मायाले मल्टिमिडिया अवार्ड जितेको भन्दै उनले आभार व्यक्त गरिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com