काठमाडौं, २७ मङ्सिर २०७५ । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पदाधिकारी संख्या ११ जना बनाउन प्रस्ताव गर्नुभएको छ । बुधबार सभापति शेरबहादुर देउवालाई उहाँनकै कार्यकक्षमा भेटेर महामन्त्री कोइरालाले यस्तो प्रस्ताव गर्नुभएको हो ।

‘महामन्त्री कोइरालाले पदाधिकारी ११ जना बनाउने र सबै निर्वाचित गर्न सभापतिसँग भेटेरै आग्रह गर्नुभएको छ,’ एक सभापति, दुई उपसभापति, तीन महामन्त्री, चार सहमहामन्त्री, एक कोषाध्यक्ष ९मनोनित० गर्न प्रस्ताव गर्नुभएको छ,’ कोइराला निकट स्रोतले भन्यो ।

उहाँले पदाधिकारी बढाउने मध्यमार्गी प्रस्ताव ल्याउँदा देउवा निकटका नेताहरु उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मासहित नेता उपस्थित रहेको स्रोतले बतायो । तर, सभापति देउवाले बढाउन सकिने आशय व्यक्त गरे पनि प्रष्ट प्रतिक्रिया नदिएको स्रोतको भनाई छ ।

महामन्त्री कोइराला यसअघि केन्द्रीय समितिको बैठकमा पदाधिकारी बढाउने गरी आफ्नो धारणा राख्नुभएको थिएन । तर,बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश हेर्ने गरी सात उपसभापति वा महामन्त्री बनाउनुपर्ने प्रस्ताव गर्नुभएको थियो । कांग्रेसमा केन्द्रीय सदस्य १४१ बनाए पदाधिकारी पनि बढाउनका लागि अधिकांश केन्द्रीय सदस्यले दबाब दिइरहेका छन् । कांग्रेसको महासमिति बैठक २९ मंसिरदेखि ३ पुससम्म काठमाडौंमा हुँदैछ । यसअघि २८ मंसिरदेखि बैठक बस्ने कांग्रेसको निर्णय थियो । केन्द्रीय कार्यालयले बुधबार २९ मंसिरदेखि महासमिति बैठक सुरु हुने कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार २८ मंसिरमा केन्द्रीय कार्यालयमा महासमिति सदस्यको रजिष्ट्रेशन एवं स्वागत गरिने छ । २९ मंसिरमा सिंहदरबार अगाडिको यलम्बर पार्टी प्यालेसमा बैठक सुरु हुनेछ । १ देखि ३ पुससम्म बन्दसत्रमा विधान, राजनीतिक प्रस्ताव, सांगठनिक प्रतिवेदन, आर्थिक प्रस्तावसहितमा बन्दसत्रमा छलफल गर्ने कार्यक्रम छ ।

‘उद्घाटनको दिन भद्रगोल नहोस् भनेर एक दिन अघि नै सदस्यलाई रजिष्ट्रेसन गर्न लागिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

महासमिति बैठकमा केन्द्रीय समिति सदस्यबाहेक यसअघि कायम रहेका २४० निर्वाचन क्षेत्रबाट ५र५ जनाका दरले एक हजार दुई सय, १३ औं महाधिवेशनमा भाग लिएका जनसम्पर्क समितिबाट ५४ जना, विभिन्न भ्रातृ संस्थाबाट ५४ जना, सभापतिबाट मनोनित १० जना, १२ औं महाधिवेशनका केन्द्रीय सदस्यहरु सहभागी हुनेछन् ।

जोशीको छुट्टै प्रस्ताव
कांग्रेस नेता नविन्द्रराज जोशीले महासमिति बैठकको मुखैमा पार्टी सुधारको कार्ययोजना ल्याउनु भएको छ । जोशीले बुधबार एक कार्यक्रम गरी ‘समुन्नत राष्ट्र, सम्पन्न नागरिकका लागि प्रभावशाली कांग्रेस’ भन्दै छुट्टै कार्ययोजना प्रस्ताव गर्नुभएको हो ।

कमजोर राजनीतिक अवस्थामा कांग्रेस महासमितिमा जुटिरहेको भन्दै जोशीले कांग्रेसलाई आफैंले चिन्ने र विगतका कमजोरीलाई स्वीकार्दै प्रभावकारी रुपमा पार्टी संचालनको गर्नुपर्ने प्रस्ताव पनि गर्नुभएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्