Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
७:२१:०५ बेलुका
- ADVERTISEMENT -

पटक पटक बोलाउदा पनि देउवा नआएपछि रोकिएको संवैधानिक परिषद्को बैठक पुन बस्दै, आज पनि नआए निर्णय अघि बढाउने तयारी

प्रकाशित मिति: २०७५ मंसिर २७, बिहीबार

906
Shares

काठमाडौं, २७ मङ्सिर २०७५ । पार्टीको केन्द्रीय समितिको बैठकलाई कारण देखाउँदै प्रमुख प्रतिपक्षी दलका नेता पटक–पटक अनुपस्थित भएपछि सरकारले संवैधानिक परिषदको बैठक प्रमुख प्रतिपक्षी बिना नै अघि बढाउने तयारी गरेको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पार्टीको बैठकलाई कारण बनाउँदै पटकरपटक बैठकमा अनुपस्थित भएपछि सरकारले सो तयारी गरेको हो । यद्यपी परिषदका सदस्य कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले भने प्रमुख प्रतिपक्षी दलका नेताको आग्रहमा हिजोको बैठक सारिएकाले आजको बैठकमा प्रतिपक्षी दलका नेता उपस्थित हुने बताउनुभयो । नयाँ प्रधान न्यायाधीशको नाम सिफारिस गर्न यही १७ गतेदेखि परिषदको बैठक पटकरपटक आह्वान गरिएपनि प्रतिपक्षी दलका नेताले समय उपलब्ध नगराएपछि स्थगित हुँदै आएको छ ।

हिजो पनि देउवाले पार्टीको बैठकका कारण आउन नसक्ने जानकारी गराएपछि परिषदको बैठक आजका लागि सारिएको थियो । सिंहदरबारमा अहिले केहीबेरमा बस्ने बैठकमा नयाँ प्रधान न्यायाधीशको नाम सिफारिस गर्ने र नयाँ संवैधानिक आयोग गठनका विषयमा छलफल हुने प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले जनाएको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न प्रतिपक्षको वेवास्ताका बाबजुद पनि परिषदको बैठक बोलाइएको हो । न्याय परिषदले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई जना न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाइसकेको छ । प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -