काठमाडौँ, २६ मङ्सिर २०७५ । भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुर यात्रामा नेपाली कांग्रेसले ‘डवल स्टेन’ देखाएको छ । राजधानी काठमाडौंमा योगीको भ्रमणलाई लिएर टिकाटिप्पनी गरिरहेको कांग्रेसले जनकपुरमा भने कार्यकर्तालाई योगीको स्वागतमा लाग्न उर्दी जारी गरेको छ ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले योगीको आगमनलाई लिएर टिप्पनी गरेका थिए । योगी नेपालमा राजतन्त्र पुर्नस्थापनाका पक्षमा भएको भन्दै जनकपुर यात्रालाई लिएर असन्तुष्टी जनाएका थिए । योगीले पनि नेपाल राजासहितको हिन्दुराष्ट्र हुनुपर्ने धारणा राखेका थिए । योगीको भनाईका कतिपय नेताहरुले आक्रोस पनि जनाएका थिए ।

तिनै योगीको जनकपुर यात्रामा तामझाम नगर्न सरकारलाई कांग्रेसले चेतावी दिएको थियो । प्रदेश नम्वर २ को सरकार बाहेक केन्द्र सरकारले धेरै बास्ता नगरेपनि सुरक्षा भने कडा दिएको छ । योगीको राजधानी काठमाडौ आलोचना गर्ने निधीकै गृह जिल्लामा कांग्रेस कार्यकर्तालाई उर्दी जारी गरिएको छ ।

नेपाली कांग्रेस धुनषाले एक बिज्ञप्ती जारी गर्दै योगीको स्वागतमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । जिल्ला पार्टीको निर्देशनपछि कांग्रेसका कार्यकर्ता स्वागतमा जुटेका छन् । जिल्ला पार्टीको निर्देशनमा भने निधि मौन बसेका छन् । बुधवार जनकपुर आइपुगेका योगीलाई नेपाली कांग्रेसका जिल्ला नेतादेखि २ नम्वर प्रदेशका मुख्यमन्त्री लालबाबु रावत, नेपालका लागि भारतीय राजदूत मन्दिप पुरी, प्रदेशका सांसद मन्त्रीले स्वागत गरेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्