- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

देउवा नआएपछि संवैधानिक परिषद्को बैठक स्थगित

December 12, 2018
1060
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं,२६ मङ्सिर २०७५ । प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि आज ९ बजेको लागी बोलाइएको संवैधानिक परिषद्को बैठक बिहीबार बिहानसम्म स्थगित भएको छ।

यसअघि पनि पटक पटक पटक पटक स्थगित हुदै आएको संवैधानिक परिषद्को बैठक मंगलबार पुस ५ गते सम्मका लागि स्थगित गरिएता पनि प्रधानमन्त्रीले आजका लागि बोलाएको थिए। विपक्षी दलका नेता शेरबहादुर देउवाले आज आउन भ्याउदिन भोलि आउँछु भनेपछि बैठक बिहीबार बिहान ९ बजेका लागि सारिएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए।

- ADVERTISEMENT -

Advertisement

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले यही पुस १७ गते उमेर हदका कारण अवकाश पाउने भएपछि बैठकबाट नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने विषयमा छलफल हुनेछ ।

मंसिर १७ गते बसेको परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा केन्द्रीय समिति बैठकका कारण चाँडै बाहिरिएपछि बैठक २२ गतेलाई सरेको थियो । २२ गतेपनि बैठक बस्न नसक्दा २५ गते विहान ११ बजेका लागि बोलाइएको बैठक पुन साँझ ५ बजेलाई सारिएको थियो । साँझ ५ बजेको बैठकमा परिषद्का अध्यक्ष र विपक्षी दलका नेता अनुपस्थित हुदा आगामी पुष ५ गतेका लागि सारिएको थियो । तर प्रधानमन्त्रीले आजका लागि बोलाइएको बैठक पनि देउवा नआएपछि स्थगित गरिएको हो। बैठक पुन विहिवार ९ बजेको लागि राखिएको छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com