- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

डकुमेन्ट्री फिल्म ‘डटर अफ नेपाल’लाई भारतमा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड

December 10, 2018
627
Shares
- ADVERTISEMENT -

काठमाडौं, २४ मङ्सिर २०७५ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई तथा पूर्व मन्त्री हिसिला यमीकी छोरी मानुषी यमी भट्टराईमाथि बनेको डकुमेन्ट्री फिल्म ‘डटर अफ नेपाल’ ले भारतको सातौं स्मिता पाटिल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ ।

फिल्मलाई भारतकी सुरभी दिवानले बनाएकी हुन् । फिल्ममा ९० दशकको मध्यमा मानुषीका बाबुआमाको १२ वर्ष लामो द्वन्द्वमा जाने निर्णयले भारतमा ९ वर्षीया मानुसीले नयाँ नाममा बिताएका समयहरू र तिनले उनमा पारेको प्रभाव र भोगाइहरूलाई प्रस्तुत गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त डकुमेन्ट्री फिल्मले द्वन्द्वको नदेखिएको पाटो र उनको पारिवारिक, सामाजिक तथा देशप्रतिको माया प्रस्तुत गरेको छ ।

यस डकुमेन्ट्री फिल्मलाई ९ वर्ष लगाएर तयार गरिएको हो। अवार्ड जितेकी देवानले सुरूमा मानुषी क्यामरासँग सहज नहुँदा आफूले फिल्म निर्माणका लागि शैली परिवर्तन गर्नुपरेको बताएकी छन् ।

- ADVERTISEMENT -

Advertisement

उनले फिल्म निर्माण गर्दा सहज वातावरण बनाउनुपर्ने भएकाले फिल्ममा आफू पनि मानुषीसँगै देखिनुपरेको आफ्नो निर्देशकीय नोटमा उल्लेख गरेकी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com