२०८२ चैत २९, आइतबार
७:३५:०२ बेलुका
- ADVERTISEMENT -

प्रधानमन्त्री र मुख्यमन्त्रीविच समस्या समधानमा छलफलबाट

प्रकाशित मिति: २०७५ मंसिर २३, आइतबार

968
Shares

काठमाडौ, २३ मङ्सिर २०७५ । प्रदेश सभा गठनपछि पहिलो पटक बसेको अन्तर–परिषद् वैठकमा मुख्यमन्त्रीहरुले आआफ्ना प्रदेशका समस्या राख्न थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आजबाट शुरु भएको बैठकमा पहिलो दिन ४ मुख्यमन्त्रीले आआफ्ना भनाई राखेका छन् ।

बैठकको पहिलो दिन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नंं २ का लालवहादुर राउत, प्रदेश नंं. डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आ–आफ्नो धारणा राखेका हुन् । आइतवारको वैठकपछि प्रधानमन्त्रीले मुख्यमन्त्री वैठकमा सहभागिलाई रात्री भोज दिएका छन । याक एण्ड यति होटलमा उनले रात्री भोज दिएका हुन । मुख्यमन्त्रीहरुले ऐन, कानुन नबन्दा प्रदेश सरकार अनिर्णयको बन्दी बनेको गुनासो पोखेका थिए । उनीहरुले ऐन कानुन किन बन्न सकेन भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरेका थिए ।

बैठकमा मुख्यमन्त्रीहरूले कर्मचारी व्यवस्थापन, वित्त आयोग गठन ऐनहरु निर्माण र विकास निर्माणसम्बन्धी समस्या र तिनको समाधानबारे धारणा व्यक्त गर्नुभएको थियो । आफूहरूले संविधानमा भएको व्यवस्थाअनुसारको काम गर्न पाउनुपर्ने संघीयता कार्यान्वयन गर्न ध्यान दिनुपर्नेलगायतका विचार व्यक्त गर्नुभएको थियो ।

यस्तै बैठकमा मुख्यमन्त्रीहरूले कर्मचारी व्यवस्थापन, वित्त आयोग गठन ऐनहरु निर्माण र विकास निर्माणसम्बन्धी समस्या र तिनको समाधानबारे धारणा व्यक्त गर्नुभएको हो । सरकारका प्रवक्ता एव सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले संघीय सरकार र प्रदेश सरकारबीचको दायरा, अधिकार, कर्मचारीको व्यवस्थापन, वित्तिय आयोग, प्रशासन ऐन लगायतका विषयमा छलफल भएको जानकारी दिनुभयो ।
२ नम्बर प्रदेशका मुख्यमन्त्री राउतले यो बैठकले प्रदेशको समस्या समाधान गर्ने विश्वास दिलाएको बताउनु भयो । उहाले भन्नुभयो, ‘परिषदको यो पहिलो औपचारिक बैठक हो, यसले हाम्रो समस्यालाई समधान गर्छ, हामीलाई समस्या कहाँ राख्ने भन्ने अन्योल थियो । बैठकमा प्रधानमन्त्रीले हाम्रो कुरा सुन्नु भएको छ । निकास दिनुहुन्छ भन्नेमा हामी विश्वस्त छौ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संघीयता कार्यन्वयनको प्रारम्भिक चरणमा भएकोले आफ्ना अनुभवहरुबाट सिक्दै यसलाई मजवुद बनाउनु पर्ने बताउनुभयो । ‘मुख्यमन्त्रीको कार्यलय,प्रदेश मन्त्रीको कार्यलय,आवास जस्ता कुरा केही समय अघिसम्म हाम्रो सोचमा थिएनन्” प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘अहिले तिनलाई व्यबहारिक रुपमै प्रयोग गर्नुपर्दा केही असजिलो महसुष गरेका हौंला । खेलमा पस्ने वित्तिकै कोही खेलाडी पनि च्याम्पियन हुदैन । अभ्यास गर्दै गएपछि च्याम्पियन हुन्छ । हाम्रा लागि संघियता त्यस्तै नयाँ खेल हो । तर यसमा हामी च्याम्पियन सावित हुनेछौं ।’ बैठक सोमबार १० बजेबाट पुन शुरु ह्ुने छ । सो बैठकमा बोल्न बाकी रहेका थप तीन मुख्यमन्त्रीले बोल्ने कार्यक्रम रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16