काठमाडौं, २३ मङ्सिर २०७५ । नेपाली कांग्रेसभित्र बिधानको बिवाद चर्कदै जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले आइतबार छुट्टै भेला गरेका छन् । सभापति शेरबहादुर देउवा बहुमतको आडमा पेलेरै जान थालेपछि संस्थापनलाई झुकाउने रणनीति बनाउन पूर्वमहामन्त्री प्रकाशमान सिंहकोनिवासमा पौडेल पक्षधर नेताहरुले छुट्टै भेला गरेका हुन ।
महासमिति बैठकमा पेश हुने संशोधित विधानका विषयमा धारणा बनाउन भेला गरिएको बताए पनि नेताहरुले सभापति देउवाको शैलीको कडा रुपमा प्रतिवाद गर्नुपर्ने निचोड निकालेका छन ।
पौडेल पक्षधर नेताहरुले सभापतिमा लोकतान्त्रिक संस्कार समाप्त भएको ठहरसमेत गरेको सहभागी एक नेताले जनताटाइम्सलाई बताए । उनका अनुसार कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीको नेतृत्व आफूलाई अधिनायकवादी शैलीमा हिडाएको निश्कर्ष पौडेल पक्षधरको रहेको छ ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, अर्जुन नरसिंह केसी, डा शेखर कोइराला, डा मिनेन्द्र रिजाल, गगन थापा, चन्द्र भण्डारी, नवीन्द्रराज जोशी, कमला पन्तसहित ती नदर्जन बढी नेताहरु सहभागी हुनुहुन्थ्यो ।
‘सभापतिको कार्यशैली र ब्यवहर बिल्कुलै लोकतान्त्रिक देखिएन, अधिनायकवादी नै रह्यो भन्नेमा भेलाका सवै सहभागी सहमत छन, त्यसै कारण हामी कांग्रेसलाई आफ्नो सिद्धान्तमा दृढ बनाउन चाहिरहेका छौं भन्ने सन्देश नै भेलाको निश्कर्ष हो, सहभागी अर्का सदस्यले भने ।