२०८३ वैशाख ८, मंगलबार
४:४४:४१ दिउँसो
- ADVERTISEMENT -

गोरखामा चार करोड लागतमा जडीबुटी खेती शुरु

प्रकाशित मिति: २०७५ मंसिर २२, शनिबार

2318
Shares

गोरखा, २२ मङ्सिर २०७५ । गोरखा नगरपालिका–१४ स्थित गोर्वुङमा करीब रु चार करोडको लागतमा जडीबुटी खेती शुरु भएको छ ।आयुर्वेदिक औषधि बनाउन भारतीय बजारबाट आयात गर्नुपर्ने जडीबुटी नेपालमै उत्पादन गर्ने उद्देश्यले जडीबुटी खेती शुरु गरिएको हो । गोरखा आयुर्वेदिक कम्पनीलाई बिक्री गर्ने गरी गोरखा प्राङ्गारिक हर्बल फार्म दर्ता गरी जडीबुटी खेती शुरु गरिएकोे फार्मका सञ्चालकसमेत रहनुभएका वनस्पती विज्ञ डा. खेमराज भट्टराईले बताए ।

“गोर्बुङमा करीब १०० रोपनी जग्गा खरीद गरेर अहिले ६० जातका जडीबुटी खेती शुरु भएको छ”, सञ्चालक डा भट्टराईले भने, “अझै यही ठाउँमा मात्र थप ३० जातका जडीबुटीको व्यावसायिक खेती गर्न सकिन्छ ।”

फार्ममा अमला, अशोक, मोरिङ्गा, दालचिनी, तेजपत्ता, कोइराला, निम्स, कालमेगलगायतका जडीबुटी खेती गरिएको उनको भनाइ छ । “समुन्द्र सतहदेखि करीब ६५० मिटर उचाइमा रहेको गोर्बुङ अमलाका लागि सबैभन्दा उपयुक्त भएकाले फार्ममा सबैभन्दा धेरै ठूलो जातको अमला लगाइएको सञ्चालक डा भट्टराईले जानकारी दिए ।

“सबैभन्दा धेरै एक हजार बोट अमला लगाएका छौँ, त्यो पनि यहाँको नभई भारतबाट ल्याइएका उन्नतजातको अमला हो, अमला मात्रै करीब ४० रोपनी क्षेत्रफलमा खेती गरेका छौँ”, उनले भने । लेकमा सीमित जडीबुटी हुने तर गर्मी ठाउँमा बढी पाइने भएकाले खेतीका लागि उक्त ठाउँ छनोट गरिएको डा भट्टराईले बताए ।

फार्ममा जडीबुटीको बेर्ना उत्पादनका लागि हरित गृह र उत्पादन भएका जडीबुटी सुकाउनका लागि एउटा सोलार डायर निर्माण गरिएको छ । जडीबुटी खेतीका लागि करीब ५०० मिटरको दूरीमा रहेका खोलाबाट पानी ‘लिफ्ट’ गरेर ल्याइएको उनले बताए । “फार्ममा अहिले चार जना कामदार छन्, पुस महीनापछि दुई जना कर्मचारी थप गर्ने योजना रहेको छ”, डा भट्टराईले भने ।

फार्मबाट उत्पादित जडीबुटी जिल्लामा रहेको आयुर्वेदिक कम्पनीलाई बिक्री गर्न शुरु गरिएको उनले बताए । उनले भने, “छिटो हुने भएकाले हामीले रु ४० हजार जतिको जडीबुटी बिक्री गरिसकेका छौँ ।”

हाल गोरखा जिल्लामा रहेको गोरखा आयुर्वेद कम्पनीले मात्रै भारतबाट वार्षिक करीब रु पाँच करोडभन्दा बढीको जडीबुटी आयात गर्दै आएको छ । उक्त जडीबुटी सोही फार्मबाट उत्पादन गर्न सकिने भएकाले व्यावसायिकरूपमा खेती शुरु गरिएको डा भट्टराईले बताए । “पूर्णरुपमा सञ्चालनमा आएपछि यही फार्मबाट वार्षिक रु एक करोड आम्दानी गर्न सकिन्छ भन्ने विश्वास छ”, उहाँँले भन्नुभयो, “हाम्रो योजना गोरखा जिल्लालाई जडीबुटीमा आत्मनिर्भर बनाउने पनि हो ।”

उत्पादित जडीबुटी गोरखासँगै अन्य जिल्लामा पनि निर्यात गर्ने योजना रहेको उनको भनाइ छ । गोर्बुङमा पूर्णरूपमा फार्म सञ्चालन आएलगत्तै गोरखाकै पालुङटार नगरपालिका–८ धुवाँकोटमा २०० रोपनी र तनहुँको बन्दीपुर क्षेत्रमा पनि २०० रोपनी क्षेत्रफल जमीन खरीद गरेर जडीबुटी खेती शुरु गर्ने तयारी भइरहेको सञ्चालक डा भट्टराईले जानकारी दिए ।

उनीसँगै मणिध्वज जोशी, भगवतीकुमारी मैनाली उप्रेती र रामहरि सुवेदी गरी चार जनाले जडीबुटी खेतीमा लगानी गरेका छन् । विसं २०४० मा स्थापना भएको गोरखा आयुर्वेदिक कम्पनीले उत्पादन गर्ने अधिकांश औषधि उत्पादनका लागि कच्चापदार्थ भारतबाट आयात गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81