- ADVERTISEMENT -

कांग्रेसकी नेतृ संग्रौला भन्छिन् “गृहमन्त्रीज्यु राजिनामा दिनुस”

December 7, 2018
1678
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २१ मङ्सिर २०७५ । निर्मला हत्या प्रकरणमा पीडितलाई न्याय दिन नसकेको भन्दै नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले गृहमन्त्रीको राजीनामा माग गरेकी छिन् । साउन १० मा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनले गृहमन्त्रीको राजीनामा माग गरेकी हुन् ।

शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालमा न्याय मरिसकेको भन्दै निर्मलाले न्याय पाउँने सम्भावना नै नरहेको बताईन् । उनले भनिन् ‘नेपालमा न्याय मर्‍यो, न्याय बिकी सक्यो, अपराधीहरु सिंहदरबारकै सुरक्षामा छन् छन् ।

- ADVERTISEMENT -

Advertisement

दुइतिहाइको सरकारले ९ महिनामा केके गर्‍यो रु जनताको बाँच्न पाउन अधिकार कुण्ठित भएको छ, राज्यले भयावय स्थिति सिर्जना गरेको छ’ । नैतिकताको आधारमा पनि गृहमन्त्रीले राजिनामा दिनु पर्ने उनको भनाई छ ।काठमाडौंमा एसिया प्यासिफिक सम्मेलन गर्दै नेपाल सरकार सहआयोजक बनेर क्रिस्चियन धर्मको प्रचार गरेकोमा उनको दुखेसो छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -