- ADVERTISEMENT -

झ्याल्ला भूमे पुननिर्माण, २४ गते शिलान्यास हुँदै

December 7, 2018
1663
Shares
- ADVERTISEMENT -

गोरखा, २१ मङ्सिर २०७५ । गोरखा जिल्ला अजिरकोट गाउँपालिका ४ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल झ्याल्ला भूमे मन्दिर पुनः निर्माण शुरु भएको छ । २०७२ सालको महाभूकम्पले पूर्णरूपमा क्षतिग्रस्त भूमे मन्दिरको श्री भूमे जनकल्याण समाजको नेतृत्वमा पुनमिर्माण सुरूभएको हो ।

भूमे जनकल्याणले बिस्तृत गुरुयोजना तयार पारी पुननिर्माण सुरूगरिएको समाजका अध्यक्ष धनबहादुर गुरूङले जानाकारी दिए। हाल मन्दिरको कम्पाउण्ड वाल लगाउने काम सुरूभए पनि पुननिर्माणको शुभारम्भ भने यही मंसिर २४ गते सोमबार गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्ने गुरूङले बताए ।

- ADVERTISEMENT -

Advertisement

हरेक वर्ष मंसिरको अन्तिम सोमबार झ्याल्ला भूमेमा हुदै आएको बिशेष पूजा तथा मेलाको अबसर पारेर शिलान्यास गर्न लागिएको हो । करीव १ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको पुननिर्माणको शिलान्यास कार्यक्रममा उपस्थित हुन सम्पूर्ण भक्तजनलाई समाजका सचिव सुशिल दवाडीले आग्रह गरे ।

गुरु योजना अनुसार उक्त मन्दिर परिसरभित्र प्रवेशद्धार, पाटी, मुल मन्दिर, कार्यालय भवन, भुमे स्तम्भ, वनभोज स्थल, पूजा सामग्री पसल, बगैंचा निर्माण, खुला क्षेत्रमा वृक्षारोपण, नदी कटानलाई रोक्न तटबन्ध तथा पर्खालको व्यवस्था गरिने छ ।

- ADVERTISEMENT -

Advertisement

मन्दिर पुननिर्माणका लागि हालसम्म २० लाख भन्दा बढि रकम स्थानीय तथा भक्तजनबाट स्वतस्फूर्त चन्दा संकलन भैसकेको छ भने अजिरकोट गाउँपालिकाले दुई आर्थिक बर्षको बजेटबाट १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

भक्तजन तथा इच्छुक सहयोगीहरूलाई आर्थिक, पुर्वाधार निमार्ण सहयोग तथा स्वंयमसेवीको रूपमा सहयोग गर्न समेत भूमे जनकल्याण समाजको आग्रह छ ।

परापूर्वकालमा खेतमा जोत्ने क्रममा हलोले ढुंगोमा ठक्कर लाग्दा ढुंगा फुटेर रगत आउँदा खेतको पानी सवै रगत भएको र हलिगोरुसमेत मरेको भन्ने जनविश्वास छ । त्यही हलोले ठक्कर लागेको पत्थरलाई नै भूमे देवता मानी पूजा गर्ने, रुद्री गर्ने चलन शुरु भएको विभिन्न अनुसन्धानमूलक लेखहरूमा उल्लेख गरिएको पाइन्छ । हरेक वर्ष मंसिर पूर्णिमामा विशेष पूजा गरिने भूमे मन्दिरमा हरेक सोमबार नियमित पूजा गरिन्छ ।

पुननिर्माण शुभारम्भ कार्यक्रम

मिति : २०७५ मंसिर २४ गते साेमबार ।

स्थान : श्री झ्याल्ला भूमे मन्दिर प्राङगड ।

समय : बिहान ठिक ११.०० बजे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -