काठमाडौं, २१ मङ्सिर २०७५ । काठमाडौंको रातोपुलमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको छ । प्रहरीसँगको गोली हानाहानमा इटहरी उपमहानगरपालिका ५ स्थायी घर भएका डकैती समूहका कुख्यात नाइके राजन लिम्बु घाइते भएका छन् ।

लिम्बुसँग गोली र पेस्तोल भएको सूचनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोज्दा प्रहरीले जवाफी फायर खोलेको थियो ।

लिम्बुको साथबाट चार राउण्ड गोली र एउटा पेस्तोल बरामद भएको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई खुट्टामा गोली हानेर पक्राउ गरेको हो ।

राजन लिम्बुसँग सम्लग्न रहि फरार रहेका घटनाहरु यस्ता छन् :

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्