- ADVERTISEMENT -
- ADVERTISEMENT -

संसदमा कांग्रेस कमजोर बनेकाले एकजुट हुन नेता सिंहको आव्हान

December 7, 2018
1326
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, २१ मङ्सिर २०७५ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संसदमा विपक्षी पार्टी गतिलो नहुदा विकासका कार्यले गति लिन नसकेको बताउनु भएको छ । उहाले सरकारले केही काम गर्न नसकेको उल्लेख गर्दै विपक्षी पनि काम लाग्ने अवस्थामा नरहेकाले मुलुकले दुख ब्यहोर्नु परेको बताउनु भयो ।

काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ८ का क्षेत्रीय सभापति एवं लोकतान्त्रिक नेवा खलः का केन्द्रीय कोषाध्यक्ष जुद्धरत्न बज्राचार्यको प्रथम वार्षिक स्मृतिसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सरकारले गरेको काममा सत्तारुढ दलका नेतामा समेत असन्तुष्टी बढेको दावी गर्नुभयो । ‘सरकार धेरै कुरा गर्ने काम कम गर्ने बाटोमा अगाडि बढेको छ, काम गर्न नसकेर सरकारले वुद्धिजीवीहरूलाई समेत धम्काउने काम गरेको छ’ उहाँले भन्नुभयो । नेता सिंहका अनुसार सरकार जस्तो छ, संसद्मा प्रतिपक्षी पार्टी नेपाली काङ्ग्रेस पनि त्यस्तै भएका कारण मुलुकले विकासको गति लिन नसकेको बताउनु भयो । ‘प्रतिपक्षको उचित भूमिका निर्वाह गर्न सङ्गठित हुनु जरुरी छ’,उहाँले भन्नुभयो । सिंहले काठमाडौँ काङ्ग्रेसलाई बलियो बनाउन सबैको जिम्मेवारी रहेको बताउनुभयो । स्वर्गीय बज्राचार्य पार्टीका लागि कुशल सङ्गठक भएको उहाँले बताउनुभयो ।

काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय बज्राचार्यको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “बज्राचार्यले दुईपटक वडाअध्यक्ष भएर काठमाडौँको विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो, बज्राचार्यको कार्यशैलीबाट काङ्ग्रेसले पाठ सिक्नुपर्छ,”उहाँले भन्नुभयो । काठमाडौँ काङ्ग्रेस सभापति सबुज बानियाँले काठमाडौँको काङ्ग्रेसको सङ्गठन निर्माणमा स्वर्गीय बज्राचार्यको महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । वि सं २०११ चैत ११ गते काठमाडौँमा जन्मनुभएका बज्राचार्यको मस्तिष्कघातबाट विसं २०७४ मङ्सिर १ गते ६३ वर्षको उमेरमा निधन भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -