२०८२ चैत २८, शनिबार
७:४१:०५ बिहान
- ADVERTISEMENT -

हिन्दुहरुको धैर्य टुट्यो भने ठिक हुँदैन : कमल थापा

प्रकाशित मिति: २०७५ मंसिर २०, बिहीबार

901
Shares

जनकपुरधाम, २० मङ्सिर २०७५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बर्तमान सरकारले देशमा शान्ति, स्थायित्व, विकास र समृद्धिभन्दा देशलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाएका छन् ।

बिहिवार जनकपुरमा मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले इसाई धर्मप्रचार संस्थाको कार्यक्रममा सरकार आफै सहआयोजक बन्नु आपत्तिजनक विषय रहेको भन्दै यसले नयाँ अस्थिरताको खतरा बढेको दाबी गरे ।

उनले हिन्दु धर्मको एक विशेषता भनेको सहनशिलता समेत रहेको बताउँदै हिन्दुहरुको धैर्यको सिमा टुटे देशमा द्वन्द्व हुने बताए ।

अध्यक्ष थापाले २०६२÷०६३ को आन्दोलनमा धर्म निरपेक्षताको कुरा नउठेपनि विदेशीको ईशारामा धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको बताए । उनले जनआन्दोलनपछि १२ वर्षमा लाखौँ व्यक्तिलाई विभिन्न प्रलोभनमा धर्म परिवर्तन गराईएको दावी गर्दै यसरी धर्म परिवर्तन बढ्दै गए मुलुक धार्मिक तथा सांस्कृतिक द्वन्द्वमा फस्ने चेतावनी दिए ।

अध्यक्ष थापाले आगामी फाल्गनु ७ गते देखि राप्रपाले हिन्दुराष्ट्र निर्माणका लागि संघर्षका कार्यक्रम गर्ने भन्दै १ बर्षभित्र संगठन सुदृढिकरण अभियान, पार्टी इकाईको पुनर्गठन, ५० हजार सदस्यता वितरण र हिन्दुराष्ट्र पुनर्जागरणको अभियान चलाइने जानकारी दिए । पार्टी एकीकरणबारे अध्यक्ष थापाले पशुपति शम्शेर जबराले नै विभिन्न बखेडा झिकेर भाग्न खोजेको आरोप लगाएका छन् । वर्तमान सरकार पुर्णरुपमा असफल भइसकेको समेत कमल थापाको दावी थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16