- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बालाचतुर्दशी : पितृ मोक्ष र उद्धारका लागि आजसाँझ देशभरका शिवालयमा बत्ती बालिँदै

December 5, 2018
1252
Shares
- ADVERTISEMENT -

काठमाण्डौँ, १९ मङ्सिर २०७५ । पितृ मोक्ष र उद्धारका लागि आजसाँझ देशभरका शिवालयमा बत्ती बालिँदै छ । दिवंगत भएकाको सम्झना र उद्धारका निम्ति बत्ती बाल्ने गरिन्छ । हरेक वर्ष मंसिर कृष्ण त्रयोदशी साँझ बालिने बत्तीले पितृमोक्ष एवं उद्धार हुने जनविश्वास छ ।

ठूलो दियो या तामाको मानोमा घिउ या तेल राखेर काँचो धागाको बत्ती बनाउने प्रचलन छ । त्रयोदशीको रात जाग्राम बसी भोलिपल्ट ’ब्राह्म मुहूर्त्त’मा दीप नदीमा सेलाई स्नान गरी शिवालयमा शतबीज छर्ने परम्परा छ ।

- ADVERTISEMENT -

Advertisement

विशेषगरी पशुपतिनाथ क्षेत्रमा छरिने शतबीजको विशेष महत्व रहेको धर्मशास्त्राचार्य, नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाई छ । पशुपति वा शिवालयमा गई बत्ती बाल्न अनुकुल नहुनेले घरैमा बत्ती बालेर भोलिपल्ट नदी वा जलाशयमा गई पितृको नाममा बत्ती बगाउँने गरिन्छ ।

बालासुर राक्षसको नामबाट आएको चतुर्दशीमा सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com