२०८२ चैत २९, आइतबार
६:४४:०२ बेलुका
- ADVERTISEMENT -

अमर स्वरसम्राट नारायण गोपाल

प्रकाशित मिति: २०७५ मंसिर १९, बुधबार

1356
Shares

काठमाडौं, मंसिर १९, २०७५ । नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का लोकप्रिय गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको २८ वर्ष बितिसक्दा पनि उहाँको नाम आज पनि उत्तिकै अमर छ ।

‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भनी भन्नुपर्या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुपरया छ’, ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठिकैछु बिथोल्न नआउ’, ‘यो मुटुलाई कसरी सम्झाइ बुझाउँ, बिरानो जिन्दगानीको सहारा एउटै भयो’ लगायत १३७ लोकप्रिय गीत दिन सफल नारायण गोपालले आफ्नो जीवनकालमा जति गीत गाउनुभयो, सबै गीत त्यति नै उचाइका छन् ।

विसं २०१६ मा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभयो र त्यही बेलादेखि नै उहाँले आफ्नो साङ्गीतिक यात्र शुरु गर्नुभएको थियो । सबैभन्दा पहिला उहाँले साथी माणिकरत्न स्थापितको घरमा बसी उहाँका काका सिद्धिरत्न स्थापितसँग हिन्दी गीत गाउन सिक्नुभएको थियो । पहिलो पटक उहाँले त्रिचन्त्र क्याम्पसको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा तबला बजाउनुभएको थियो ।

उहाँका समकालीन अम्बर गुरुङले आफ्नो एक अन्तवार्तामा नारायण गोपालका बारेमा भन्नुभएको छ, “नारायण गोपाल धेरै पिउँथे, उनी खुला हृदयले गाउँथे र सबैलाई हसाउँथे पनि । उहाँको गीत जति उचाइमा छ, उहाँको मूर्तिको पनि कुनै मूल्य छैन ।” उहाँलाई स्वर सम्राटको उपमा दिइरहँदा स्वयं उहाँ आफूलाई स्वरसम्राट भन्न नरुचाउने व्यक्तित्व हुनुहुन्थ्यो ।

‘यो सम्झिने मन छ, म बिर्सुँ कसोरी
तिमी नै भनिदेउ ए… जाने निठुरी’

दिनेश अधिकारीको रचनामा नारायण गोपालले गाएको यस गीतमा पङ्कज सिग्देलले सङ्गीत दिनुभएको थियो । आजभोलिका गायकले शब्दको चयन नै नगरी गाएजस्तो उहाँको स्वभाव नरहेको सङ्गीतकार बुलु मुकारुङ बताउनुहुन्छ ।

“उहाँलाई कुनै शब्द मन नपरे, त्यो गीत गाउनुहुन्नथ्यो, त्यसैले कसै कसैले उहाँलाई घमण्डी गायक पनि भन्थे, यथार्थमा उहाँ त्यस्तो हुुनुहुन्न थियो”, मुकारुङ थप्नुहुन्छ, “उहाँ बढी साहित्य जोडिएका गीत गाउन नै रुचाउनुहुन्थ्यो ।” उहाँलाई कतिपयले बढी पिउने गायक पनि भन्ने गर्छन् । तर यथार्थमा उहाँलाई बद्नाम गराउन खोज्नेले त्यस्तो उपमा दिएको उहाँ बताउनुुहुन्छ । “आजभोलि नपिउने त को नै होलान र १”, उहाँले आक्रोस पोख्नुभयो ।

नारायण गोपालको भेट दार्जिलिङ यात्राका क्रममा त्यहाँका सङ्गीतकार तथा गीतकार गोपाल योञ्जनसँग भएको थियो । योञ्जनसँगको भेटले उहाँको जीवनमा नयाँ मोड लिएको थियो । भेटघाटकै क्रममा उहाँहरुको मितेरी साइनोसमेत जोडिएको थियो ।

नारायण गोपालले धेरैजसो योञ्जनका गीत नै गाउनुभएको थियो । उहाँलाई सीमा बाहिरका गीत पनि गाउने पहिलो गायकका रुपमा लिइने गरिन्छ । योञ्जनसँगै उहाँले आसामका हरिभक्त कटुवालका गीतसमेत गाउनुभएको थियो ।

‘जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ’ बोलको गीत उहाँले गाउनुभएको थियो । दार्जिलिङ यात्राका क्रममा नारायण गोपालको भेट पेमला लामासँग पनि भएको थियो । त्यो भेटघाटले प्रेमको रुप लिई विवाहसमेत भएको थियो । पेमलासँगको प्रेमपछि विवाहका लागि प्रस्ताव राख्दा परिवारले नमानेपछि उहाँको परिवारिक सम्बन्धमा केही चिसोपना आएको थियो । जसका कारण उहाँ र श्रीमती परिवारबाट छुट्टिएर बस्नुपरेको थियो । उहाँ निःसन्तान हुनुभए पनि उहाँ पारिवारिक कारणबाट कहिल्यै निराश हुनुहुन्नथ्यो ।

विभिन्न व्यक्ति माथि उठ्न अरुको चाकडी गर्न निकै नै रुचाउने गर्छन् । अन्यभन्दा फरक शैलीका नारायण गोपालले भने कहिल्यै चाकडी गर्न रुचाउनुभएन । जो आफूसँग पनि चाकडी गर्न खोज्छ, उहाँ कहिल्यै पनि त्यस्ता व्यक्तिसँग सङ्गत गर्नुहुन्नथ्यो । सीमित व्यक्तिसँग मात्र मित्रता र सङ्गत गर्ने स्वभावका नारायण गोपाल निकै गम्भीर स्वभावको हुनुुहुन्थ्यो ।

नयाँ व्यक्तिसँग निकै नै गम्भीर स्वभावको हुनुभए पनि उहाँ नजिकको व्यक्तिसँग निकै नै मिलनसार स्वभावको रहनुभएको सङ्गीतकार भूपेन्द्र रायमाझी बताउनुहुन्छ । सङ्गीतकार रायमाझी भन्नुुहुन्छ, “उहाँको सद्भाव, भाइचारा र मिलनसार व्यवहारको कहिल्यै प्रशंसा गरेर सकिँदैन ।” उहाँले आफ्नो जीवनकालमा सीमित मात्र व्यक्तिसँग सङ्गत गरेको उहाँ बताउनुहुन्छ । आफूले एकपटक भेटेको व्यक्तिलाई उहाँ कहिल्यै पनि नभुल्ने उहाँले बताउनुभयो ।

नारायणगोपालले आधुनिक मात्र नभई देशप्रेमका साथै चलचित्रमा समेत शब्द दिनुभएको थियो । उहाँले गाउनुभएको ‘जाग लम्क चम्क हे नौजवान हो’ बोलको गीत आज पनि उत्तिकै कर्णप्रिय छ । ‘नारायण गोपाल एकल साँझ’ ले उहाँलाई अझै चर्चाको शिखरमा पु¥याएको थियो । उहाँले आफ्ना समकालीन ‘तारादेवी’, ‘नातिकाजी’, ‘शिवशङ्कर’, ‘रत्नदास’, ‘प्रेमध्वज प्रधान’, ‘बच्चु कैलाश’ लगायतका गायक गायिकासँग पनि विभिन्न गीतमा स्वर दिनुभएको थियो । ‘हे कान्छा ठट्टैमा यो बैँस खेर जान लाग्यो, जाँदैन वाचा खेर पर्ख लिन आउँला’ बोलको गीतमा नारायण गोपाल र तारादेवीले स्वर दिनुभएको थियो । आज यो गीतमा अन्य शब्द घुसाएर नयाँ रुप दिइएको छ ।

उहाँले माधव घिमिरे, लक्ष्मीप्रसाद देवकोटा, चाँदनी शाह, क्षेत्रप्रताप अधिकारी, रत्नशम्शेर थापा, कञ्चन पुडाशैनीलगायतको शब्दमा स्वर दिनुभएको थियो । ‘वियोग’, ‘देशभक्ति’ र ‘आशा’ उहाँका गीतका प्रमुख विशेषता हो । उहाँले पहिलोपटक प्रेमध्वज र माणिकको सङ्गीतमा गीत गाउनुभएको थियो । राष्ट्रिय नाचघरका प्रमुख, बागीना पत्रिकाका प्रकाशक र सम्पादकलगायत ललितकला क्याम्पसमा समेत सहायक प्रमुखका रुपमा कार्यरत उहाँमा कहिल्यै पनि घमण्ड भने थिएन ।

नाचघरमा उहाँ कार्यरत रहँदा चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमी सङ्गीतका क्षेत्रमा नाचघरमा काम गर्ने उद्देश्यले पुग्नुभएको थियो । सोही भेटमा नारायण गोपालले ‘अहिले खाली छैन, पछि काम पर्दा म आफैँ बोलाउँछु’ भनेको कुरा अझै सायमी स्मरण गर्नुहुन्छ । पछि उहाँले विसं २०३९ मङ्सिर २१ गते सायमीलाई कार्यक्रम सञ्चालन गर्नका लागि बोलाउनुभएको थियो ।

सोही भेटघाटपछि दुईजनाबीच आत्मियता बढ्दै गएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुुुहुन्छ, “सायद नारायण गोपालजस्तो गायक अबको १०० वर्षपछि पनि जन्मन सक्दैन ।” नारायणगोपाल जस्तो कामप्रति लगाव र झुकाव अहिलेका कुनै पनि कलाकारमा नरहेको उहाँ बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ, “उहाँ आर्थिक अभावमा कहिल्यै पनि अरुसँग सम्झौता गर्नुहुन्नथ्यो र आफ्नो प्रशंसा पनि रुचाउनुहुन्नथ्यो ।” नारायणगोपालबाट अहिलेका गायकले धेरै कुरा सिक्नुपर्ने सायमीको भनाइ छ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16