सिरानचोक गाउँपालिका वडा न ४ छोप्राकमा बेमौसमी तरकारी खेती तालिम सञ्चालन सुरु भएको छ । सिरानचोक गाउँपालिका वडा न ४ का
वडा अध्यक्ष दिपक हमालको अध्यक्षतमा, सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटाले उद्घाटन गर्नु भएको थियो ।
महिला तथा बालबालिका शाखा अन्तर्गत महिला लक्षित कार्यक्रमबाट वडा नम्बर ४ छोप्राकका कुमाल महिलाहरुलाई व्यवसायिक बेमौसमी तरकारी खेति सम्बन्धी तालिम दिइएको हो ।
तिन दिनसम्म चल्ने तालिममा आर्थिक रुपमा बिपन्न ३० जना महिलाहरुको छनौट गरी उनीहरुलाई व्यवसायिक बेमौसमी तरकारी खेती कसरी गर्ने, तरकारी खेतीबाट कसरी आर्यजन गर्न सकिन्छ, कुन समय कस्ता बालीनाली लगाउने, कहाँ लगेर बेच्ने लगायत विभिन्न जानकारी गराइने महिला तथा बालबालिका शाखाकी प्रमुख शारदा ढकालले जानकारी दिनुभयो ।
बेमौसमी तरकारी खेतीका बारेमा कृषि कार्यालयका ठाकुर देवकोटाले सहजीकरण गर्नु हुनेछ ।
व्यवसायिक तरकारी खेतिले सिमान्तकृत कुमाल समूदायको आय-आर्जनमा सुधार हुने सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटाले ब्यक्त गर्नुभयो ।