- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

शहिद लखन गाउँपालिका ८ बुंकोट : मन्दिर सञ्चालनका लागि २२ लाख सहयोग

December 4, 2018
1162
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा, १८ मङ्सिर २०७५ । पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले एक मन्दिर सञ्चालनका २२ लाख भन्दा बढि आर्थिक सहयोग गरेका छन् । जिल्लाको शहिद लखन गाउँपालिका ८ बुंकोटको कोटकाली भूमे मन्दिर सञ्चालक, सरक्षण, संबद्र्धन र प्रवद्र्धनमा खर्च गरी गरी उनले उक्त रकम उपलब्ध गराएका हुन ।

बुढीगण्डकी डुबान क्षेत्रमा पर्ने अश्राङ ५ मा रहेको कित्ता नम्बर १४२४ को ६ रोपनी जग्गाबाट प्राप्त हुन आउने २२ लाख १८ हजार चार सय ४० रुपैंयाको चेक सोमबार उनले मन्दिर सञ्चालक समितिका अध्यक्ष गुप्तबहादुर केसीलाई सोमबार हस्तान्तरण गरेका हो । मन्दिरको अक्षयकोषका लागि वाग्ले परिवार र स्थानीय बासिन्दाबाट २५ लाख ८३ हजार सात सय ५१ रुपैंया पनि संकलन भएको छ ।

उक्त रकमको अक्षयकोष निर्माण गरिएको छ । आउने ब्याजले कोटकाली मन्दिरमा नित्य पूजा, पर्व पूजा र कर्मचारीलाई ज्याला दिने समितिले जनाएको छ । सञ्चालन कार्यविधि बनाएर अक्षयकोषको ब्याज खर्च गर्ने वडाध्यक्ष अम्गाइँले बताए । ‘हामी पहिले कार्यविधि बनाउछौं’ उनले भने ‘त्यही कार्यविधि अनुसार रकम खर्च हुन्छ ।’ पूर्वमन्त्री वाग्लेले आफ्नो पुख्यौली सम्पत्तिबाट आएको रकम संस्कृति संरक्षणका लागि सहयोग गर्न पाउँदै निकै खुसि लागेको बताएका थिए । ‘धर्म संस्कृतिका रक्षा गरे बापत मेरा पुर्खाले पाउनु भएको जमिन हो त्यो’ उनले भने ‘अहिले धर्म सस्कृतिकै जग्रेनाका लागि मैले खर्च गर्न पाउँदा निकै खुसि लागेको छ ।’ वाग्लेका पुर्खाहरुले गोरखा दरबारमा सेवा गरे बापत तत्कालिन समयमा राजपरिवार उक्त जमिन उपलब्ध गराएको उनको भनाई छ ।

सो क्षेत्रको धार्मिक आस्थाको केन्द्र मानिएको उक्त मन्दिरमा नियमित पुजा सञ्चालनमा समस्या भएपछि स्थानीय समाजसेवा दिलबहादुर केसीले लामो समय देखि आर्थिक सहयोग गर्दै आएका छन् । केसीले वृद्ध भक्ता बापत प्राप्त रकमले मन्दिरको नित्य पुजा सञ्चालन गर्ने पुजारीलाई तलब भक्ता दिने गरेका छन् । उनले मात्र हाल सम्म ९६ हजार आर्थिक सहयोग गरिसकेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com