२०८३ वैशाख ६, आइतबार
११:४८:४८ राति
- ADVERTISEMENT -

पूर्वमन्त्री चिरञ्जिवी वाग्लेले दिए बूढीगण्डकीको मुआब्जा मन्दिरलाई

प्रकाशित मिति: २०७५ मंसिर १७, सोमबार

1032
Shares

गोरखा, १७ मङ्सिर २०७५ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता चिरञ्जिवी वाग्लेले बूढीगण्डकी जलविद्युत आयोजनाले दिएको पुख्यौली जग्गाको मुआब्जा रकम गाउँको मन्दिरलाई हस्तान्तरण गरेका छन् ।

अश्राङ ५ मा रहेको कित्ता नम्बर १४२४ को छ रोपनी जग्गाबाट प्राप्त भएको मुआब्जा पूर्वमन्त्री वाग्लेले गोरखाको सहिदलखन गाउँपालिका ८ बुंकोट कोटकाली भूमे मन्दिर सञ्चालक समितिलाई उपलब्ध गराएका हुन् ।

सहिदलखन गाउँपालिका ८ का अध्यक्ष काशीनाथ अम्गाइँकाअनुसार पूर्वमन्त्री वाग्लेले २२ लाख १८ हजार चार सय ४० रुपैंयाको चेक मन्दिर सञ्चालक समितिका अध्यक्ष गुप्तबहादुर केसीलाई सोमबार हस्तान्तरण गरेका हुन् ।

छ रोपनी खेतको मुआब्जा ३८ लाख ७६ हजार रुपैंया आउनुपर्ने भए पनि बूढीगण्डकी जलविद्युत आयोजनाले ३० प्रतिशत रकम कट्टा गरेर दिएको थियो। आयोजनाले कट्टा गर्दा १६ लाख ५८ हजार रुपैंया आएको छैन ।

उक्त रकम मन्दिरको नाममा अक्षयकोष खोलेर राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखामा रहेको खातामा जम्मा गरिने वडाध्यक्ष अम्गाइँले बताए । अक्षयकोषमा वाग्लेकी छोरी साधनाले ४० हजार रुपैंया दिएकी छन् भने वडाध्यक्ष अम्गाइँले नौ हजार रुपैंया दिएका छन् ।

मन्दिरको अक्षयकोषका लागि वाग्ले परिवार र स्थानीय बासिन्दाबाट २५ लाख ८३ हजार सात सय ५१ रुपैंया पनि संकलन भएको छ । संकलन भएको सबै रकम अक्षयकोषमा राख्ने उनले बताए ।

पूर्वमन्त्री वाग्लेले आफूले पुख्यौली सम्पत्तिबाट आएको रकम गाउँको शिक्षा र संस्कृति संरक्षणका क्षेत्रमा सहयोग गरेको बताए । ‘मुआब्जाबाट ३८ लाखभन्दा धेरै रकम आउनुपर्ने हो। तर अहिले प्राप्त २२ लाख रकम मैले समितिलाई आज दिएँ,’ पूर्वमन्त्री वाग्लेले भने, ‘दान गर्न पाउँदा म खुसी छु ।’

अक्षयकोषबाट आउने ब्याजले कोटकाली मन्दिरमा नित्य पूजा, पर्व पूजा र कर्मचारीलाई ज्याला दिने समितिले जनाएको छ । सञ्चालन कार्यविधि बनाएर अक्षयकोषको ब्याज खर्च गर्ने बताउँदै वडाध्यक्ष अम्गाइँले भने, ‘अक्षयकोषबाट आउने ब्याजमध्ये ७५ प्रतिशत मन्दिरमा खर्च गर्ने र २५ प्रतिशत ब्याज वर्षेनी अक्षयकोषमै थप्दै लैजान्छौं ।’ Setopati

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98