- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

ओलीलाई बाबुरामको सुझाव: जनताकी छोरी निर्मलाको हत्यारा छिटो सार्वजनिक गर्नोस्

December 3, 2018
851
Shares
- ADVERTISEMENT -

काठमाडौं, मंसिर १७ । पूर्व-प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै डा. भट्टराईले राजधानीका पोलमा आफ्नो तस्वीर टाँसेर सरकारको प्रचार गर्नुसाटो निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

सोमबार भट्टराईले आफ्नो ट्वीटमा लेखेका छन्, ‘प्रमलाई सानो सुझाव– आफ्नो खस्कदै गएको लोकप्रियता र छवि सुधार्न ईश्वरका छोरीबाट आशिर्वाद, पोलपोलमा आफ्नै फोटो सट्टा अहिले प्रत्येक नेपालीको हृदयमा गडेकी जनताकी छोरी निर्मला पन्तका बलात्कारी–हत्यारा छिटो सार्वजनिक गर्नोस् न ! प्रमाण मेटाउनेलाई दुई घण्टा केरकार गरे अरु झन्झटै पर्दैन ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com