२०८३ वैशाख ८, मंगलबार
४:३३:५२ दिउँसो
- ADVERTISEMENT -

श्रम स्वीकृतिको लागि लाइन बस्न नपर्ने, अनलाइन टोकन सेवा सुरु

प्रकाशित मिति: २०७५ मंसिर १६, आइतबार

1620
Shares

काठमाडौं, १६ मङ्सिर २०७५ । वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज रूपमा सेवा दिन वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबारदेखि अनलाइन टोकन सेवा सुरु गरेको छ । श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली शुरु गरिएको कार्यालयले जनाएको छ ।

टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणिकरण गरिनेछ । वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधारमा तोकिएको मिति र समयमा मात्र काम हुने विभागले जनाएको छ ।

एकीकृत वैदेशिक रोजगार सूचना प्रणाली अन्तर्गत अब सेवाग्राहीले राहदानी विभाग, वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभागलगायतका सेवा एकैद्वारबाट पाउने वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख युवराज खतिवडाले बताउनुभयो ।
तोकेको मिति र समयमा सेवाग्राही सेवाका लागि आएमा घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने उहाँको दावी छ । यस्तो सेवाका लागि सेवाग्राही आफंैले फाराम भर्न सक्नेछन् ।

सरकारले गएको असोज १५ देखि एकीकृत वैदेशिक रोजगार सूचना प्रणालीबाट सेवा दिने तयारी गरेको भए पनि ताहाचलबाट भने अझैसम्म यस्तो सेवा सुरु हुन सकेको थिएन ।

यसैगरी, कार्यालयबाहिर रहेका बिमा कम्पनीमार्फत पनि सेवा लिन सकिनेछ । सेवाग्राहीले फाराम स्क्यानिङ गरेर आफ्नो युजर र आईडीबाट अनलाइन प्रणालीमा अपलोड गर्नुपर्नेछ । वैदेशिक रोजगार कार्यालयले एक दिनमा ९ सयदेखि ९५० जनासम्मलाई सजिलै यस सेवा दिन सक्ने जनाएको छ ।

सरकारको यस्तो नयाँ व्यवस्थाले अब सेवाग्राहीलाई सानो कामका लागि पनि दिनभर लामो लाइनमा बस्ने झन्झटबाट मुक्त गर्ने विश्वास गरिएको छ । यति मात्र नभई बिचौलिया र कर्मचारीको मिलेमतोमा हुने कामदार ठगीलगायत सबै समस्या स्वतः निवारण हुने कार्यालयले दावी गरेको छ ।

यस कार्यालयले बिहीबारदेखि आफ्नो भवन परिसरभित्र पिउने पानीको व्यवस्थासमेत गरेको छ । यसैगरी, सेवाग्राहीलाई काम सम्पन्न नहुन्जेल बस्ने बेन्च पनि थपेको जनाएको छ । यसैगरी, घामपानीबाट बच्नका लागि सेड निर्माणको अन्तिम तयारी भइरहेको पनि कार्यालय प्रमुख खतिवडाले जानकारी दिनुभयो ।

पछिल्लो समयमा वैदेशिक रोजगार कार्यालय ताहाचलमा सेवाग्राहीको अत्यधिक भीड बढेको छ । घर विदामा आएका कामदार फर्किने भएकाले श्रम स्वीकृत लिनेको भिड बढेको बताउँदै खतिवडाले सेवाग्राहीले सास्ती पाएका कारण आइतबारदेखि पूर्णरूपमा अनलाइन प्रणालीबाट सेवा दिने बताउनुभयो ।

यस्तै सरकारले छिट्टै सातवटै प्रदेशबाट वैदेशिक रोजगारीसम्बन्धी सबै सेवा दिने तयारी पनि थालेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81