२०८३ वैशाख ८, मंगलबार
४:०६:५९ दिउँसो
- ADVERTISEMENT -

कांग्रेस जिल्ला कोषाध्यक्षहरु राष्ट्रिय भेला १८ बुँदे धादिङ घोषण पत्र जारी गर्दै सम्पन्न

प्रकाशित मिति: २०७५ मंसिर १५, शनिबार

1029
Shares

धादिङ, १५ मङ्सिर २०७५ । नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेला १८ बुँदे धादिङ घोषण पत्र २०७५ जारी गर्दै आज सम्पन्न भएको छ ।

७७ वटै जिल्लाका कोषाध्यक्षहरुको सहभागिता रहेको भेला दुई दिनसम्म चलेको थियो । मंसिर १४ र १५ गते गजुरी गाउँपालिकाको घाटबेशीमा आयोजना भएको भेलाले देशको समसामयिक राजनीति र पार्टीको आगामी महासमितिको बैठकबाट संशोधन हुने विधानको सम्बन्धमा पारित गरिएको १८ बुँदे सुझाबहरु प्रस्तुत गरिने भएको छ । नेपाली कांग्रस धादिङको पार्टी कार्यलयमा पत्रकार सम्मेलन मार्फत धादिङ घोषणा सार्वजानिक गरिएको हो ।

भेलाबाट समसामयिक राजनिति र सरकारका गतिबिधिका संबन्धमा र विधान संसोधनको संबन्धमा साझा धारणा प्रस्तुत गरिएको छ ।

यस्तो छ धादिङ घोषणा –२०७५

समसामयिक राजनीति र सरकारका गतिविधिका सम्बन्धमा

१. लोकतान्त्रिक संस्कार र विधि विपरित न्याय पालिका लगायतका विभिन्न व्यवसायिक क्षेत्रमाथि गरिएको हस्तक्षेप र दण्डहीनताको अन्त्यका निम्ति आवाज बुलन्द बनाउने छ ।

२. जनताको दैनिक उपभोग्य वस्तुहरु माथि गरिएको मूल्यवृद्धि, कालोबजारी र सरकारी संयन्त्रद्वारा नै जनता ठग्ने प्रवृतिको घोर भत्र्सना गर्दछ ।

३. अघिल्ला सरकारका निर्णयलाई समेत ख्याल नगरी सबैकाम आफैले गरेझै गरी व्याख्या गर्ने र नारामात्र निर्माण गरी जनतालाई दिक्क पार्ने कामको अन्त्य गरि मूलुकलाई विकास र समृद्धिको नारा मात्र होईन व्यवहारमा देखिने काम गर्न सरकारलाई आग्रह गर्दछ ।

४. दुई तिहाई बहुमतको दम्भका कारण हत्या, हिम्सा, बलात्कार जस्ता जघन्य अपराधले बढवा पाउने खालका अधिनायकवाद उन्मुख सरकारी गतिविधि तत्काल रोकि कानुन, विधि, मानवअधिकार र सुशासनका क्षेत्रमा देखिने काम गर्न आग्रह गर्दछ ।

५. सरकारले उत्पादनमुखी क्षेत्रमा लगानी नगरी राज्यको ढुकुटी दुरुपयोग गरिरहेकोमा आपत्ति एवं विरोध गर्दछ ।

विधान संशोधनका सम्बन्धमा

६. पार्टीको कोष संकलन र संचालनलाई थप व्यवस्थित र पारदर्शी बनाई पार्टीको सबै तहमा आपतकालिन को¬ स्थापना गरि लेबि रकमको ३०५ कोषमा राख्ने ब्यवस्था गर्नु पर्दछ ।

७. नेपाली कांग्रेसले व्यापक रुपमा सदस्यता विवरण गर्ने र सदस्यता प्राप्त गरेको व्यक्ति निरन्तर क्रियाशील रहेको प्रमाण सहित आवेदन दिएपछि क्रियाशील सदस्यता प्रदान गर्ने पारदर्शी व्यवस्थाको प्रारम्भ गर्नु पर्दछ ।

८. पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरु र अनुशासन समिति निर्वाचनद्वारा नै चुनिने व्यवस्था हुनुपर्दछ साथै जिल्ला कार्यसमितिका पदाधिकारीहरु पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हुनुपर्दछ ।

९. केन्द्रीय सभापति, पदाधिकारी, सदस्य, सांसद, सांसदका उमेदवारहरु सबै वडा तह देखि नै निर्वाचित भएर आउने व्यवस्थालाई स्थापित गर्न पार्टीलाई आग्रह गर्दछ ।

१०.केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्य संख्यामा केही वृद्धि गर्ने व्यवस्था गर्नुपर्दछ ।

११. सबै तहमा समानुपातिक प्रतिनिधित्व गराउँदा एक व्यक्तिलाई एक पटक मात्र अवसर दिने व्यवस्था गर्नुका साथै जनसंख्याको आधारमा मदेशमा पहाडियालाई र पहाडमा मदेशीलाई पार्टीका सबै पदाधिकारी देखि सदस्य सम्म समानुपातिक प्रतिनिधित्व गराउनु पर्दछ ।

१२. विधानको पालना नगर्ने सबै तहका पदीय दायित्वमा रहेका व्यक्तिहरुलाई स्वतः कारवाहि हुने र असक्षम घो¬णा गर्ने स्पष्ट व्यवस्था हुनुपर्दछ ।

१३. पार्टी सभापतिज्यूले नेपाली कांग्रेस कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा निर्वाचित जिल्ला पदाधिकारीहरुलाई महासमितिको बैठकमा सहभागि गराउने भनि गर्नुभएको प्रतिवद्धतालाई कार्यान्वयन गर्न माग गर्दै पहिलो र दोस्रो राष्ट्रिय सम्मेलनले गरेका निर्णयहरु अबिलम्व कार्यान्वयन गर्नुपर्दछ ।

१४. कोषाध्यक्षहरुको चौथो सम्मेलन पोखरामा २०७५ साल भित्रमा सम्पन्न गर्ने निर्णय गर्दछ ।

१५. २०७५ मंसिर १२ र १३ गते नुवाकोटमा सम्पन्न जिल्ला सभापतिहरुको भेलाले गरेको निर्णयको स्वागत र समर्थन गर्दछ ।

१६. स्थानीय निर्वाचनमा गाउँपालिका तथा नगरपालिका सम्मको उमेदवार चयन गर्ने जिम्मा सम्बन्धित जिल्ला समितिलाई दिनु पर्दछ ।

१७. उपमहानगर, महानगर र जिल्ला समन्वय समितिको उमेदवार चयन गर्ने अधिकार प्रदेश समितिलाई दिनुपर्दछ ।

१८. वडा, गाउँ, नगर, प्रदेश क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्लाका पदाधिकारीहरुको राष्ट्रिय सञ्जाल बनाउने व्यवस्था हुनुपर्दछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81