२०८२ चैत २९, आइतबार
७:३०:२८ बेलुका
- ADVERTISEMENT -

केपी ओली र प्रचण्ड नभए कम्युनिष्ट एकता हुँदैन थियो : मुख्यमन्त्री गुरुङ

प्रकाशित मिति: २०७५ मंसिर १५, शनिबार

1465
Shares

म्याग्दी, १५ मङ्सिर २०७५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानो मानसिकता र संरचना परिवर्तन नहुँदा सरकारको कामले गति लिन नसकेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देशमा शासक र शासन गर्ने शैली फेरिए पनि सरकारले ल्याएका नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने कर्मचारीतन्त्रमा पुरानै मानसिकता कायम रहँदा अपेक्षाकृत काम हुन नसकेको बताउनुभयो । उहाँले पुरानै मानसिकता र संरचनाका कारणले गर्दा सरकारले काम गरे पनि प्रभावकारी नदेखिएको बताउँदै कार्यान्वयन गर्ने तौरतरिकामा पनि परिवर्तन ल्याउन जरुरी रहेको बताउनुभएको छ ।

अहिलेको सरकारप्रति नागरिकको ठूलो अपेक्षा र आशा रहेको भन्दै उहाँले सरकारको कामलाई तल्लो तहसम्म पुर्‍याउन आवश्यक रहेकोमा जोड दिनुभयो ।मुख्यमन्त्री गुरुङले संवैधानिक र कानुनी हिसाबले चुनाव लडेर नेपालमा दुई तिहाई बहुमत ल्याएर कम्युनिष्टले सरकार बनाएको बताउँदै यस्तो दुनियाँमा कहीँ नभएको बताउनुभयो । उहाँले नेपाली कांग्रेसले घुमाइफिराई देशमा राजतन्त्र ल्याउन चाहेको आरोप पनि लगाउनुभयो ।

भारतले गणतन्त्र दिवसमा पूर्वराजालाई बोलाउने विषय ठूलो ‘ग्राइन्ड डिजाइन’का साथ बाहिर आएको उहाँको तर्क थियो । कांग्रेसका महामन्त्रीले हिन्दुराष्ट्रको वकालत गर्नु, यही समयमा राप्रपाका बीचमा पार्टी एकताको प्रसङ्ग उठ्नु, कम्युनिष्ट पार्टीबीच भएको एकताको विरुद्ध विभिन्न चलखेलहरु हुनु भारतले नेपालमा अस्थिरता ल्याउन चाहेको संकेत भएको आरोप लगाउनुभयो ।

अहिले प्रतिपक्षहरु नीति र अस्तित्व रक्षाको सङ्गटमा रहेको प्रसङ्ग उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘पार्टी र सरकारको आलोचना गरौं तर निन्दा गर्ने काम नगरौं ।’ उहाँले गण्डकी प्रदेश अन्य प्रदेशहरुको तुलनामा प्राकृतिक स्रोत र साधनका हिसाबले सम्भावनायुक्त रहेकोमा जोड दिँदै प्रदेश सरकारले प्रदेशका सबै नागरिकको पहुँचमा व्यवस्थित खानेपानी र विद्युत पु¥याउने लक्ष्य लिइएको बताउनुभयो ।

नेपालको पर्यटनको राजधानी पोखरा भएको हुँदा गण्डकी प्रदेशमा ३ सयवटा गाउँलाई ग्रामिण पर्यटनका रुपमा विकास गरिने मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो । मुख्यमन्त्री गुरुङले कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र व्यावसायीकरण गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै गण्डकी प्रदेशलाई ५ वर्षभित्र निरक्षरमुक्त प्रदेशका रुपमा घोषणा गरिने पनि बताउनुभयो ।

नेकपाको गण्डकी प्रदेश इन्चार्ज समेत रहनुभएका मुख्यमन्त्री गुरुङले केपी ओली र प्रचण्ड नभएको भए पार्टी एकता हुन नसक्ने ठोकुवा गर्नुभयो । उहाँले केन्द्रीय कमिटी र प्रदेश सङ्गठन कमिटीमा पार्टी एकताको काम सकिएको र अब जिल्ला कमिटीहरु गठन गरिने बताउनुभयो । ujjayaloonline

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16