- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेविसंघले खटायो ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि (सूचीसहित)

December 1, 2018
1009
Shares
- ADVERTISEMENT -

काठमाडौं , १५ मङ्सिर २०७५ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले १२ औं महाधिवेशनका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

संघले पठाएका प्रतिनिधिलाई ४ दिनभित्र आफ्नो क्षेत्रमा गएर काम थालनी गर्न अध्यक्ष नैनसिंह महरले निर्देशन दिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

नेविसंघले १२ औं महाधिवेशन आगामी पुस २८,२९ र ३० गते महाधिवेशन गर्ने गरी कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।

जसअनुसार मंसिर २२ गते विद्यालय र सीटीईभिटीको अधिवेशन, मंसिर २५ गते गाउँ तथा नगर अधिवेशन ,पुस ८ गते उपत्यकाभित्रका क्याम्पस र विश्वविद्यालयको अधिवेशन , पुस १४ गते ७७ जिल्ला अधिवेशन र पुस २० गते प्रदेश अधिवेशन गरिसक्नु पर्नेछ ।

नेविसंघले चार दिनभित्र कार्य क्षेत्रमा नपुग्ने प्रतिनिधिको ठाउँमा नयाँ पठाएर प्रक्रया अघि बढाउने पनि जनाएको छ ।

संघले कसलाई कहाँ पठायो, सूची हेर्नुहोस्

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com