काठमाडौँ, १४ मङ्सिर २०७५ । आम जनताले स्वतन्त्र पुर्बक हिडडुल गर्न पाउने अधिकारलाई बर्तमान सरकाले बन्देज लगाउन खोज्नु आम नागरिकको संबिधान पदत्त अधिकारमाथि जानाजान ठाडो हस्तक्षप भएको नेविसंघले ठहर गरेको छ ।

आज एक प्रेस बिज्ञप्ति जारी गर्दै यातायातको साधनमा जोर-बिजोरको प्रणाली लागु गरेर आम जनतामाथि सरकारले अबैधानिक कदमको बिरुद्द आज बिजोर नम्बरका सवारी साधान चलाएर अवज्ञा गर्दा खेरी नेविसंघका बिधार्थी नेताहरु दुजाङ शेर्पा, पुष्कर बास्तोला, सुनिल शर्मा, मंगल गुरुङ, तपेन खड्का , रबिन खड्का, सचिन तिमिल्सिना र चेतन बुढाथोकी लगायतका नेताहरुलाई प्रकाउ गरेकोमा नेवि संघ धोर भत्सना गर्दछ ।

प्रकाउ परेका नेविसंघका नेताहरुलाई तत्काल रिहा नगरेमा नेविसंघले जस्तो सुकै कदम चाल्न सक्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्