- ADVERTISEMENT -

जोर्डनमा फेरि नेपाली चेलीको रहस्यमय मृत्यु

November 27, 2018
1188
Shares
- ADVERTISEMENT -

जोर्डन, ११ मङ्सिर २०७५ । वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेका दुई नेपाली चेलीले ज्यान गुमाएका छन् ।

कमलपोखरीस्थित एसईई म्यानपावरमार्फत ती चेली जोर्डन पुगेका थिए । क्लासिक कम्पनीमा गार्मेन्टको कामका लागि गएका उनीहरूको एक महिनाभित्र एउटै भवनमा २ जनाको ज्यान गएको हो ।

- ADVERTISEMENT -

Advertisement

सिन्धुपाल्चोक बाह्रबिसे थापागाउ“की रोशनी रसाइली बाथरुममा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । बिहान बाथरुम जान्छु भनी निस्किएकी रसाइली नफर्किएपछि बाथरुम गई हेर्दा मृत अवस्थामा भेटिएको प्रत्यक्षदर्शीले नेपाली युवतीले जानकारी दिईन । शवको प्रकृति हेर्दा कसैले हत्या गरेर झुन्ड्याएको जस्तो लाग्छ’ ती प्रत्यक्षदर्शीले नेपाली महिलाले बताइन् ।

एक महिनाभित्रै दुई नेपालीको एउटै (२५ नम्बर) भवनमा रहस्यमय तरिकाले ज्यान गुमाएपछि सबै नेपाली कामदारमा त्रासदी फैलिएको छ ।

- ADVERTISEMENT -

Advertisement

जोर्डनका प्रहरीले आफूहरूलाई शव हेर्न पनि नदिई चोरले जसरी चोरेर लगेको भन्दै नेपाली कामदार काम छोडेर आन्दोलनमा उत्रिएका छन ।‘नेपाली हामी एक हौं, हामीले न्याय पाउनैपर्छ, घटनाको छानविन गर, अपराधीलाई फा“सी दे, शव सार्वजनिक गर, नेपाली हामी झुक्दैनौं’ लगायतका नारा लगाई आन्दोलनमा उत्रिएका नेपालीमाथि प्रहरीले हवाई फायरिङ, ढुंगामुढा तथा लाठीचार्ज समेत गरेको थियो। रोजगारको क्रममा जोर्डनमा रहेकी कुसुम घिमिरेले आन्दोलनको भिडियो फेसवुकमार्फत सार्वजनिक गर्नुभएको छ ।

करिब २हजार ५ सय नेपालीले बिभिन्न कम्पनीमा काम गर्दै आएका छन्। ५–५ तलाको २६ वटा भवनमा नेपालीलाई राखिएको छ । महिलामात्र रहने भवनमा सुरक्षागार्ड राखिए पनि बत्ती बनाउने, पानी ट्याङ्की सफा गर्ने लगायतका काम गर्न भन्दै बेला–बेलामा जोर्डनी पुरुषहरू प्रवेश गर्ने गरेको एक नेपाली महिलाले जानकारी दिएकी छिन ।

बिरामी पर्दा औषधी उपचार कम्पनीले नै गर्ने भनिए पनि तलबबाट काट्ने गरेको र बिरामी पर्दा प्रर्याप्त रूपमा आराम गर्न नदिई काममा लगाउने, बिदामा घर जान चाहनेलाई पनि सकेसम्म घर जान नदिने गरेको ती नेपाली चेलीले बताइन् ।

१५ दिनअघि सिन्धुपाल्चोककै १९ वर्षकी एक नेपाली महिला कामदार आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी थिइन्। जुत्ताको तुनाको पासो लगाई झुन्डिएको अवस्थामा शव भेटिएको थियो। घु“डाले भुइ“मा टेकेको अवस्थामा उनको ज्यान कसरी गयो ? योे घटना अझै पनि रहस्यको गर्भमै रहेको छ ।

प्रहरीले उनले आत्महत्या गरेको हो भन्यो। तर, कसरी पत्याउनु’, अर्की एक नेपालीले भनिन्– ‘छानविन नै नगरी शव नेपाल पठाइयो । न्याय त परै जाओस् मृतकको परिवारले अहिलेसम्म पनि पूर्णरूपमा क्षतिपूर्ति नपाएको अवस्था छ।’

‘७ महिनाअघि सुरक्षागार्डस“ग सामान्य विवादमा जेलमा थुनिएका चार नेपाली चेलीको अझै पनि अत्तोपत्तो छैन भने यहा“ हामी कसरी सुरक्षित भई काम गर्न सक्छौं।’ अर्की एक नेपाली महिला कामदारले बताइन् ।

एसईई म्यानपावरका सञ्चालक सबुल शाहस“ग उक्त घटनाको बिषयमा सम्पर्क राख्दा उहांले जोर्डमा मरेका नेपाली महिलाले आत्महत्या गरेको दावी गर्नुभयो ।

उहांले भन्नुभयो – ती नेपालीले आत्महत्या नै गरेको पोस्टमार्टम रिपोर्ट आएको र थुनिएका नेपाली महिलाको विषयमा जसले रिपोर्ट हालेर थुनेको हो, उसले रिपोर्ट फिर्ता लिएमा नेपाल झिकाउन सक्ने बताउनुभयो ।

कम्पनीको सेवा सर्तका बारेमा नेपाली कामदारले आरोप मात्रै लगाएको भन्दै उहा“ले भन्नुभयो– ‘सबै बिरामीको कम्पनीले नै औषधि उपचार गरेको छ । जो–कोही नेपाली नेपाल आउन चाहेमा तुरुन्त आउन पाउ“छन्। त्यहा“ सबै नेपाली सुरक्षित छन्।’ आत्महत्या गरेको भनिएकी चेलीको पोस्टमार्टम रिपोर्टमा के–के देखियो भन्ने प्रश्नमा सबै कुरा भन्न नमिल्ने भन्दै उहा“ पन्छनुभयो ।

यसै विषयमा म्यानपावरका कर्मचारी सुदीप महतस“ग कुराकानी गर्दा व्यक्तिगत सम्बन्धका कारण आत्महत्या गरेकोले अरू कुरा आफूले भन्न नमिल्ने प्रतिक्रिया दिनुभयो ।

उक्त कम्पनीले नेपाल, भारत, श्रीलङ्का, बंगलादेशलगायतका देशबाट कामदार लगेको छ । पाल समाचारपत्र साभार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -