टोकियो, १० मङ्सिर २०७५ । उपचारका क्रममा जापानमा नै निधन हुनुभएका पूर्व-मन्त्री यदुप्रसाद भट्टको पार्थिव शरीरलाई जतिसक्दो छिटो नेपाल लैजाने तैयारी भईरहेको पारिवारिक स्रोतले जनाएको छ ।

एनआरएन-आइसीसीका अध्यक्ष भवन भट्टका पिता यदुप्रसाद भट्टको टोकियोको हिरोस्थित जापान रेडक्रस मेडिकल सेन्टरमा उपचारको क्रममा आइतवार अपरान्ह निधन भएको थियो । लामो समयदेखि सुगरबाट पीडित भट्टलाई केही समयदेखि फोक्सोमा समस्या आएपछि जापानको रेडक्रस मेडिकल सेन्टरमा राखिएको थियो ।

पारिवारिक स्रोतका अनुसार उहाँको पार्थिव शरीरलाई नेपाल लैजानका लागि आवश्यक प्रक्रिया तिब्रताका साथ अगाडि बढाईएको र जतिसक्दो छिटो नेपाल लैजाने तैयारी भईरहेको छ । नेपाल लैजाने प्रक्रियाअनुसार उहाँको पार्थिव शरीर अस्पतालबाट अन्यत्र सारिएको छ । श्रद्धाञ्जलीका लागि उचित समयमा शोक सभाको आयोजना गरिने र त्यसको बारेमा छिट्टै सार्बजनिक जानकारी गराईने पनि पारिवारिक स्रोतले जनाएको छ ।

एनआरएन अध्यक्ष भट्टले आफ्नो पिताको स्वास्थ्य उपचार जापानमा नै गराउँदै आउनुभएको थियो । स्व. भट्ट पूर्व वाणिज्य सहायक मन्त्री हुनुहुन्थ्यो । गोरखा जिल्ला भीमसेन गाउँपालिका ओख्लेमा जन्मिएका भट्टले गोरखा जिल्लाबासी स्व. भट्टले जिल्लाको शिक्षा क्षेत्रमा गर्नुभएको योगदानको अहिले पनि जिल्लामा चर्चा हुने गरेको पाईन्छ । स्व. भट्टका तीन छोरा, तीन छोरी र श्रीमती छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्