काठमाडौं, ९ मङ्सिर २०७५ । एनआरएन अध्यक्ष भवन भट्टलाई पितृशोक परेको छ । अध्यक्ष भट्टका बुबा यदुप्रसाद भट्टको जपानस्थित जपान रेडक्रस मेडिकल सेन्टरमा उपचारको क्रममा आज दिउँसो निधन भएको हो ।

सुगर रोगका बिरामी भट्टलाई केही समयदेखि फोक्सोमा समस्या आएपछि जपानको रेडक्रस मेडिकल सेन्टरमा राखिएको थियो । स्वर्गीय भट्ट २०३९ सालमा वाणिज्य सहायक मन्त्री भएका थिए ।

गोरखा जिल्ला भीमसेन गाउँपालिका ओख्लेमा जन्मिएका भट्टले जिल्लाको शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गर्नुका साथै सामाजिक कार्यमा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए । स्वर्गीय भट्टका तीन छोरा, तीन छोरी र श्रीमती छन् ।

स्वर्गीय भट्टको शवलाई नेपाल ल्याउने तयारी भइरहेको भाई भवप्रसाद भट्टले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्