- ADVERTISEMENT -

सिरानचोक गाउपालिकामा पुनर्निर्माणलार्इ तीव्रता दिन वडा स्तरबाटै अनुगमन : अध्यक्ष राजु गुरुङ

November 25, 2018
1386
Shares
- ADVERTISEMENT -

गोरखा, ९ मङ्सिर २०७५ । गाउँपालिका भित्रको पुनर्निर्माणलाई तीव्रता दिन सिरानचोक गाउँपालिकाले वडास्तरबाटै अनुगमन थाल्ने भएको छ । गाउँ कार्यापालिकाको बैठकले घर बनाउन बाँकी रहेकाहरुको कारण पत्ता लगाउँदै छिटो बनाउन दबाव दिने र सँगै समस्या हल गर्न सहयोग गर्ने निर्णय गरेको छ ।

पुनर्निर्माणमा भएको समस्या खोजी गरेर समाधान गर्न वडा अध्यक्षको नेतृत्वमा वडास्तरमा समिति बनाउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

समितिले कुन वडामा कति घर निर्माण हुन बाँकी छ, के कारण घर बनाएका छैनन भन्ने बारेमा अध्ययन गर्ने बताइएको छ । समितिको निश्कर्षपछि समस्या समाधान गर्न वडास्तरबाटै पहल गर्ने र थप समस्या भएमा गाउँपालिकाले सम्बोधन गर्ने गरी योजना बनाएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

सिरानचोक गाउँपालिका भित्र पाँच हजार आठ सय ९५ घरधुरी लाभाग्राही सूचीमा समेटिएका थिए । ती मध्ये पाँच हजार पाँच सय ९१ घरधुरीले सम्झौता गरी पहिलो किस्ता लिइसकेका छन् ।

दोस्रो किस्ता लिनेको संख्या पाँच हजार एक सय १० छ भने तेस्रो लिनेको संख्या चार हजार दुई सय ८१ रहेको गाउँपालिकाले जनाएको छ । प्रवलिकरण सूचीमा नाम समेटिएका ८ ४७ घरधुरीलाई पूर्ण लाभग्राही सुचीमा समेट्न गाउँपालिकाले पुनर्निर्माण प्राधिकरणलाई अनुरोध गरेको छ । online khabar

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -