- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भूकम्पले बिहे रोकिएको गाउँ, जहाँ तीन वर्षदेखि भएको छैन बिहेबारी

November 25, 2018
1219
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

९ मङ्सिर २०७५ । भूकम्पका कारण सीमा रोकिएपछि तीन वर्षदेखि बिहेबारी रोकिएको गाउँ भयावह भविष्य कल्पेर तर्सिरहेछ। सुन्दा अचम्म लाग्न सक्छ( नेपालमा यस्तो पनि एउटा गाउँ छ, जहाँ तीन वर्षदेखि कुनै बिहेबारी भएको छैन। बिहे गर्ने उमेरका युवायुवती नभएर होइन।

न त बिहे परम्परा बहिष्कार गरेरै हो। सीमा क्षेत्रमै रहेकाले र परम्परालाई निरन्तरता दिने प्रयास गरेकैले उक्त गाउँमा तीन वर्षदेखि बिहेबारी ठप्प छ। यो लेखोट सीमापार बिहेबारी हुने परम्परा रहेको गाउँको कथा हो।

- ADVERTISEMENT -

Advertisement

सीमापार बिहेबारी भन्नासाथ अधिकांशलाई भारतीय समुदायसँग बिहे गर्ने नेपालको मधेसी समुदायको कथा लाग्न सक्छ। तर देशको उत्तरी भेगमा बसोवास गर्ने खास समुदायका नेपालीको पनि नेपाली सीमानजिक बस्ने चिनियाँसँग वैवाहिक सम्बन्ध हुने गर्छ।

यस्तो सीमापार बिहेबारीको चर्चा तुलनात्मक रूपमा कम हुने गर्छ किनभने यो समुदाय विकट हिमाली इलाकामा बस्छ र पहिलेदेखि नै राज्यको पहुँचबाट टाढा छ। अर्कोतर्फ मधेसी समुदायजस्तो राजनीतिक र आर्थिक क्षेत्रमा प्रभाव पार्ने गरी उल्लेख्य जनसंख्या पनि छैन। चीनको स्वशासित क्षेत्र तिब्बतका शेर्पा जातिसँग वैवाहिक सम्बन्ध राख्ने नेपालका शेर्पा जातिको कथा हो यो।

- ADVERTISEMENT -

Advertisement

भारतसँग जस्तो चीनसँग हाम्रो सिमाना खुला छैन। तिब्बती विद्रोहीको विषयमा चीन सधैं संवेदनशील छ। नेपालले पनि चीनको संवेदनशीलतालाई सकारात्मक साथ दिइरहेको छ। साथसाथै सिमानाको दुवैतिर ३० किलोमिटर भित्र बस्ने जनतालाई सहजताका लागि विनाभिसा आवतजावत र सामाजिक सम्बन्धको निरन्तरतालाई राजनीतिक तवरबाटै स्वीकार गरिएको छ। तर ती हिमाली गाउँबस्तीको भ्रमण गर्दा तिब्बती भाषा-संस्कृति अवलम्बन गरिरहेका नेपाली नागरिकबारे चिनियाँ सरकारलाई नेपाल सरकारले विश्वस्त बनाउन नसकेको अनुभूति हुन्छ। त्यही कमजोरीको परिणाम भोग्न बाध्य भएका छन् दोलखाका लप्ची गाउँवासी।

सिमानाको साक्षी

दोलखा जिल्लाको बिगु गाउँपालिका (साबिकको लामाबगर गाविस)मा पर्छ लप्ची गाउँ। नक्सामा हेर्दा तिब्बतभित्र छिरेको जस्तो देखिने यो गाउँ ६५ वर्ष अघिसम्म तिब्बती भूभागमै पथ्र्यो। त्यसैले त्यो गाउँवासी जन्म, विवाह, मृत्युलगायतका परम्परागत संस्कारका लागि तिब्बती समुदायसँग अन्योन्याश्रित हुनु स्वाभाविक हो। एक्काईसौं शताब्दीमा पनि सडक, सञ्चार र विद्युत् पोलले नछोइएको गाउँ हो लप्ची।

१६ घर मात्र भएको यो गाउँको कुल जनसंख्या करिब दुई सय भएको गाउँले बताउँछन्। गाउँमा भएका ७० वर्षभन्दा माथिका हरेक वृद्धले आफू जवान हुँदा प्रशासनिक कामका लागि तिब्बतको न्यालुम र कुती गएको सम्झन्छन्।

नेपाल-चीन सिमानाको साक्षी बनी उभिएका पिल्लरमध्ये ५५ र ५६ नम्बरको पिल्लरबाट दक्षिणतर्फ १५ मिनेटको पैदल दूरी, ५८ र ५९ नम्बरका पिल्लरबाट उत्तर(पश्चिमतर्फ पैदल दुई घन्टा र ६० र ६१ नम्बरका पिल्लरबाट उत्तरतर्फ ६ घन्टा पैदल दूरीमा पर्ने यो गाउँ बौद्धमार्गीको निम्ति महत्वपूर्ण छ। आठ(नौ सय वर्षअघि बौद्ध धर्मगुरु मिलिरपाले ध्यान गरी सिद्धि पाएको स्थान हो यो। पवित्र छोरागेफेलिङ गुम्बा भएकाले यो स्थान तिब्बती बौद्ध धर्मावलम्बीको पावन भूमि हो।

गौरी(शंकर हिमालको काख, लप्ची नदीको किनारमा गुम्बाको वरिपरि शदीयौंदेखि चौंरी चराउँदै बस्दै आएको यहाँको शेर्पा समुदायको १६ वटै घरको पारिवारिक र सामाजिक सम्बन्ध सीमापार तिब्बतमा हुने गरेको थियो। २०७२ को भूकम्पसँगै त्यो सम्बन्धमा विराम लाग्न पुग्यो।

राजनीतिको तगारो

२०७२ सालको दोस्रो ठूलो भूकम्पको केन्द्रविन्दु तिब्बतको सिंगटी बजारबाट ३५ किमि हवाई दूरीमा छ लप्ची गाउँ। त्यतिबेला समाचारमा आएअनुसार राहत वितरणका क्रममा चिनियाँ सरकारले तिब्बती विद्रोहीका शंकास्पद सामान भेटिएको कारण तातोपानी नाका बन्द गरेको थियो। अहिले पनि रसुवाको केरुङ नाकालाई चीनसँगको मुख्य नाका बनाइएको छ जबकि पहिला तातोपानी नाका हुने गथ्र्यो। लप्ची गाउँका शेर्पाको बिहेबारी रोकिनुमा चीनको यही शंकाले काम गरेको छ। भूकम्पपछि चिनियाँ पक्षले सीमापारि बिहेबारीमा पूर्ण बन्देज लगायो। सिमानाका नागरिकका लागि सामाजिक सम्बन्धमा कुनै रोकतोक नलाउने पुरानो राजनीतिक सहमतिमा अहिले चिनियाँ प्रशासनले रोक लगाइरहेको अनुभव भएको लप्चीका स्थानीय सुनाउँछन्।

लप्चीवासीका अनुसार १६ परिवारमा अहिले ११ जना बुहारी छन्, जसमध्ये सातजना तिब्बती गाउँ फलाकबाट बिहे गरी नेपाल आएका हुन्। बाँकी चारजनामध्ये एकजना छिमेकी जिल्ला सिन्धुपाल्चोकको फुल्पिङकट्टी, एकजना लामाबगर गुम्बाबाट र दुईजना अन्य ठाउँबाट बिहे भई आएकी हुन्। त्यस्तै त्यहाँका छोरीमध्ये अहिले पाँचजनाको बिहे सीमापारि तिब्बतको फलाक गाउँमा भएको छ।

दाल, नुन, तेल नेपालकै भूमिबाटै किन्ने गरे पनि चामल, लत्ताकपडा र अन्य तयारीका लागि चिनियाँ बजारमा भर पर्ने यो गाउँमा तीन वर्ष अघिसम्म वैवाहिक सम्बन्धमा कुनै अवरोध थिएन।

स्थानीयका अनुसार करिब १० वर्ष अघिदेखि चिनियाँ पक्षले सिमाना वारपार गर्न कडाइ गर्न थाल्यो। तीन वर्षदेखि सीमा ठप्प भयो। परिणाम, नेपालबाट माइती तिब्बत जाने बुहारीलाई र नेपाल माइती आएका तिब्बती बुहारीलाई घर फर्किन कठिन हुन थाल्यो।

अहिले २० वर्षमाथिका कानुनी रूपमा विवाहयोग्य उमेरका १६ जना भएको यो गाउँमा सातजना छोराले गुम्बामा लामा बन्ने निर्णय गरेका छन्। बाँकी सातजनामध्ये ६ महिला र तीन पुरुष भने अविवाहित नै छन्। तीमध्ये एक हुन्( आङ्जु शेर्पा।

चौंरी चराउने मुख्य पेसाबाहेक तिब्बतबाट चुरोट, चकलेट र बिस्कुट ल्याई गाउँमा खुद्रा बेच्ने तीसबर्से आङ्जु कनिकुथी नेपाली बोल्छन्। उनी भन्छन्, ‘बिहे गर्ने त मन छ, तर यहाँ गाउँका सबै केटीहरू आफ्नो दिदीबहिनी पर्छन् अब चिनियाँले विवाहमा कडाइ गर्‍यो, कहाँबाट केटी पाउने रु मिले तामाङ खोजेर ल्याउनुपर्ला १’

बिहेबारी हुन बाँकी अर्की हुन्, छेन्जुम शेर्पा। हरेक दिन लप्चीबाट थेसिङ ओहोरदोहोर गर्दै चौंरी चराउने बीसबर्से छेन्जुम भने नेपाली राम्रै बोल्छिन्। उनकी आमा थिन डोल्मा शेर्पाका तीन छोरा र चार छोरी छन्। कुनै पनि छोरीको अहिलेसम्म बिहे भएको छैन। एकजना छोरा लामा बन्न गए। एकजनाको तिब्बतको फलाककी चेलीसँग बिहे भयो। कान्छा छोरा भने अविवाहित छन्।

२० वर्षमाथिका कानुनी रूपमा विवाहयोग्य उमेरका १६ जना भएको यो गाउँमा सातजना छोराले गुम्बामा लामा बन्ने निर्णय गरेका छन्। बाँकी सातजनामध्ये ६ महिला र तीन पुरुष भने अविवाहित नै छन्।

थिन डोल्माकी साथी फुको डोल्मा शेर्पाका पनि आठ सन्तान छन्( ६ छोरा र दुई छोरी। उनकी पनि एउटी बुहारी तिब्बतको फलाककी हुन्। एकजना छोरा गुम्बामा छन्। बाँकी छोराको विवाहको कुनै तयारी छैन। फुको डोल्मा भन्छिन्, ‘अब छोराहरू सबै लामा बन्छन् होला।’

छेन्जुम शेर्पाका दिदीहरू अहिले भारतमा काम गर्न गएका छन। उनी भन्छिन्, ‘हामी कोही पनि दिदीबहिनी र साथीको बिहे भएको छैन। यहाँका सबै केटा दाजुभाइ पर्छन्। अब चीनमा बिहे हुन्न। तामाङ केटाहरू माग्न र फकाउन त आउँछन् तर उनीहरूको संस्कार र पेसा हामीसँग मिल्दैन। हामी चौंरी चराउने जात लेकमा बस्ने। हामीलाई तामाङ गाउँमा बस्न र काम गर्न गाह्रो हुन्छ।’

छिटो(छिटो बोल्ने छेन्जुमले यति भन्दासम्म उनका आँखा रसाइसकेका थिए। बिहे नै रोकिएकाले उनी भविष्यप्रति चिन्तित थिइन्। आँसु पुछ्दै उनले भनिन्, ‘तामाङको छोरीलाई हामीलाई जस्तो चौरीको काम आउँदैन। फेरि तलका (तामाङ बस्तीका) मान्छेले हामीलाई भोटे र चौंरी भनी हेप्छन्।’

त्रसित गाउँ

लप्ची गाउँको अहिलेको पुस्ताको कुनै न कुनै रूपमा चिनियाँ सिमानाका गाउँसँग सम्बन्ध छ। भूकम्पपछि नेपाल-चीन सिमाना पूर्णरूपमा ठप्प हुँदा चाडपर्वमा मामाघर वा माइती जानै बन्द भएको छ। जसले गर्दा छोरी चेली नभइनहुने संस्कार पनि प्रभावित भएका छन्। एकातिर बिहेबारी रोकिएको छ। साथसाथै सामाजिक सम्बन्ध र सम्पर्क रोकिएको छ। एउटा अव्यक्त तर भयावह भविष्य सम्झेर तर्सिरहेछ लप्ची गाउँ। छोरागेफेलिङ गुम्बाका मुख्य लामा छिरिङपेम्बा शेर्पाको आकलनमा त्यस्तो भय झल्किन्छ।

आफू युवा हुँदा तिब्बतको स्वतन्त्र भ्रमण गरेको स्मरण गर्दै ७३ वर्षीय छिरिङ भन्छन्, ‘गुम्बालाई लामा चाहिन्छ त्यसैले एक घरका कम्तीमा एक सदस्य अविवाहित बस्नु हाम्रो चलन हो। तर अब हाम्रो पूरै गाउँ नै अविवाहित हुने सम्भावना आउँदैछ। सन्तान उत्पादन नै रोकिए सृष्टि कसरी चल्छ। भावी पुस्ताको लामा कसरी तयार हुन्छ ? ’

जनजीवन, सामाजिक सम्बन्ध र बिहेबारी नै ठप्प हुने गरी चीनले सिमाना किन कडाइ गर्‍यो रु यसको स्पष्ट जवाफ गाउँलेसँग छैन। उनीहरू त बेलाबेलामा सुनिने हल्लाबाट तर्सिन्छन् मात्र। हल्ला सुन्छन्- चीनमा बिहे भई गएका छोरी फर्काउन दबाब दिइँदैछ, माइती गएका बुहारीलाई घर फर्किन रोकिँदैछ। गाउँलेलाई यी हल्लाको कति सत्य हो भन्ने पनि थाहा छैन। हल्लैहल्लाको भरमा गाउँलेले अड्कल काटेका छन्। त्यही अड्कल सुनाउँछन्, ‘चिनियाँहरू सोच्छन् रे नेपाली (लप्चीवासी ) सँग बिहेबारीले चीनको कुरा नेपाल हुँदै भारत गयो अनि यताको कुरा उता उताको कुरा यताले दुई देशबीच झगडा हुनुभन्दा बिहेबारी नै बन्द गरिदिए।’

खोइ कहाँ छ राज्य ?

लप्ची गाउँलाई तीनतिरबाट चीनको सिमानाले छुन्छ। सिमानामा कुनै सुरक्षा चौकी छैन। नेपाल प्रहरी र सेनाको चौकी सीमाबाट करिब ३० किलोमिटर वर लामाबगरमा छ। त्यो चौकी पनि माथिल्लो तामाकोसी आयोजनाको सुरक्षा गर्न बसेको हो।

भूकम्पका कारण लप्ची गाउँका सबै घर भत्किए। तिनको पुनर्निर्माण भयो। ती सबै घरको पुनर्निर्माणमा भारतका एकजना ठूला धर्मगुरु ९लामा० ले खर्च व्यहोरे। त्यसैले त्यहाँका सबै गाउँको रङ एउटै छ हरियो।

पुराना बौद्ध धर्मग्रन्थसँगै मिलेरेपा धर्मगुरुको पूजा हुने छोरा गेफेलिङ गुम्बामा दलाई लामाका फोटो पनि सजाइएको छ। गुम्बा भ्रमण गर्ने अधिकांश पश्चिमी देशका नागरिक हुने गरेको छिरिङ लामा बताउँछन्। त्यहाँको वन्यजन्तुको अध्ययनका लागि हामी पुग्दा पनि ३२ फ्रान्सेली, तीन अमेरिकी र तीन हंगेरी नागरिक गुम्बा भ्रमण गर्न पुगेका थिए। पश्चिमीसँगै भारतीय तीर्थयात्रीको सघन आवतजावत हुने यस क्षेत्रमा चीनले आफ्नो सिमानाको यति नजिक भइरहेको गतिविधिलाई सूक्ष्मरूपमा पक्कै पनि हेरेकै होला।

दुवै देशको कर्तव्य

आफ्नो देशका नागरिकको सामाजिक सम्बन्धको निरन्तरतामा आएको अवरोध हटाउन नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने हो। तिब्बती विद्रोही र विदेशीहरूको शंकास्पद गतिविधि नेपाली भूमिमा सञ्चालनमा रहेको भन्ने अशंकालाई चाँडै निवारण गरिएन भने छिमेकमा स्थापित विश्वसनीयता गुम्न सक्छ। त्यो देशकै अहितमा हुनेछ।

त्यस्तै राजनीतिक शंकाकै आधारमा शदीयौंदेखि स्थापित जनता(जनताबीचको सम्बन्ध तोड्न लगाउनु आमजनताका नजरमा चीनको सकारात्मक छवि धमिल्याउनु हो। यसले गर्दा धमिलो पानीमा माछा मार्ने र सामाजिक सद्भाव खल्बलाउने सम्भावना पनि बढ्न सक्छ। त्यसैले चीन र नेपाल दुवै सतर्क भई सकारात्मक कदम चाल्न आवश्यक छ।

समाज र संस्कारको विकास राजनीतिक सिमाना कोरिनुभन्दा पहिलेदेखि भएको हो। सामाजिक संस्कार राजनीतिक सिमानाले कैद हुँदैन।

( नारायण कोजु हिमाली पर्यावरणविद् हुनुहुन्छ ।)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com