- ADVERTISEMENT -

एनआरएन संस्थापक उपेन्द्र महतोको ठोकुवा : नेपाललाई समृद्ध बनाउन विदेशी चाहिँदैन, नेपालीले सङ्कल्प गरे पुग्छ

November 25, 2018
790
Shares
- ADVERTISEMENT -

पर्सा, ९ मङ्सिर २०७५ । गैर आवासीय सङ्घ (एनआरएनए) का संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपालीले सङ्कल्प गरे मुलुकलाई चाँडै समृद्ध बनाउन सकिने बताउनुभएको छ । निजी विद्यालय सङ्घ (प्याब्सन) पर्साले आज वीरगञ्जमा आयोजना गरेको अन्तर विद्यालय टी ट्वान्टी नकाउट क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै महतोले सो धारणा राख्नुभएको हो ।

“नेपाललाई समृद्ध बनाउन विदेशी चाहिँदैन, नेपालीले सङ्कल्प गरेपछि मुलुकको विकास गर्न सकिन्छ,” महतोले भन्नुभयो । वरिष्ठ उद्योगपतिसमेत रहनुभएका डा महतोले नेपाललाई स्वास्थ्य, शिक्षा र खेलकूदको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने उल्लेख गर्दै नेपालजस्तो प्राकृतिक, साँस्कृतिक, भौगोलिक विविधतायुक्त मुलुक विश्वमा थोरै मात्र रहेकाले आफ्नो शक्तिको सदुपयोग गरे नेपाल छिटै नै समृद्धि हासिल गर्ने बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

प्याब्सन पर्साका अध्यक्ष हरिशङ्कर साहको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगतबहादुर टमाटा, वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगी, अण्डर १९ क्रिकेट टोलीका प्रशिक्षक विनोद दासलगायतले खेलकूदको माध्यमबाट मुलुकलाई विकसित गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

प्रतियोगितामा ३२ वटा विद्यालयको सहभागिता छ । वीरगञ्जस्थित नारायणी रङ्गशालाको क्रिकेट मैदानमा मनोकामना मावि र साउथजोन मावि बीच भएको पहिलो म्याचमा मनोकामा मावि ४४ रन अन्तरले विजयी भएको छ ।

- ADVERTISEMENT -

Advertisement

टस जिती पहिले व्याटिङ गर्दै मनोकामनाले बनाएको १३२ रनको लक्ष्य पछ्याउन मैदानमा उतरेका साउन जोनका खेलाडी १७ दशमल चार ओभरमा मात्र ८८ रन बनाई अलआउट भएपछि मनोकमाना विजयी भएको हो । चार ओभरमा २६ रन खर्ची पाँच विकेट लिने मनोकामनाका खेलाडी अभय यादव म्यान अफ दी म्याच छानिएको आयोजकले जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -