काठमाडौँ, ८ मङ्सिर २०७५ । बिप्लब नेतृत्वको कम्युनिष्ट पार्टी पुनर्गठन भएको पाँचौ बार्षिकोत्सबको उपलक्षमा आज प्रदर्शनी मार्ग काठमाण्डौमा आयोजित बिशाल जन सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी दोश्रो राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक ऋषि कट्टेलले क्रान्तिकारी कम्युनिष्ट शक्तिको ब्यापक संयुक्त आन्दोलन आजको राष्ट्रिय आबश्यकता हो भन्ने कुरामा जोड दिएका छन् ।

लोकतन्त्रलाई लूटतन्त्रमा परिणत गरेर कम्युनिष्ट नामधारी सत्ताले आज जनतन्त्र, जनजीबिका र राष्ट्रियतालाई गम्भीर खतरामा पारेको कुरा औंल्याउदै उनले सामन्ती नबसामन्ती दलाल नोकरशाही पूँजवादी सत्ताको अन्त्य नभएसम्म यसको निराकरण हुदैन र जनतन्त्र र राष्ट्रियता सबल हुदैन र सम्बृद्धि पनि आउदैन । त्यसैले ब्यापक संयुक्त संघर्ष नै आजको नेपाली जन आन्दोलनको मूल बाटो हो भन्ने कुरामा क्रान्तिकारी कम्युनिष्टहरु एकमत भएर लाखौलाख नेपाली जनतालाई सडकमा ओराल्न अग्रसर हुन आह्वान गरेका छन् ।

प्रदर्शनी मार्गमा चलिरहेको आम सभामा पुनर्गठित नेकपा(माओबादी केन्द्र)का नेता गोपाल किराँतीले सभालाई सम्बोधन गरिरहेका छन् उत्पीडित बर्ग र समुदायको राज्यसत्ता स्थापना गर्ने बताए । उनी सम्बोधन गरिरहेका छन् ।

यस कार्यक्रमका प्रमुख बक्ता पुनर्गठित नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता खग्डबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ले बिशेष सम्बोधन गर्दै पार्टीका आगामी कार्यक्रबारे प्रकाश पार्ने बताइएको छ । कार्यक्रमको बीच बीचमा साँस्कृतिक कार्यक्रम पनि देखाइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्