२०८२ चैत २९, आइतबार
५:३७:५९ बेलुका
- ADVERTISEMENT -

मन्त्री र कर्मचारीहरुले काम गर्ने ढाँचा परिवर्तन गर्नाेस, अहिलेकै तौरतरिकाले चल्दैन : प्रधानमन्त्री ओली

प्रकाशित मिति: २०७५ मंसिर ६, बिहीबार

1525
Shares

काठमाडौं, मंसिर ६ | प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुक एक कदम अघि बढ्नु पर्ने बताउनु भएको छ । आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम एवं वजेटको कार्यन्वयन सम्बन्धी प्रथम चौमासिक समिक्षा बैठकको दोस्रो दिन आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले सबै क्षेत्र हरेक दिन रचनात्मक कामसहित एक कदम अघि बढ्नु पर्ने बताउनु भयो । “हरेक दिन हरेक क्षेत्रमा रचनात्मक र नयाँ काम हुुनु पर्दछ । त्यो काम एक कदम अगाडि बढ्ने हुनु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “सबै क्षेत्र रचनात्मक भएर अघि बढ्ने हो भने नेपाल हरेक दिन एक कदम अघि बढ्छ । ” मन्त्री र कर्मचारीहरुले काम गर्ने ढाँचामा पनि परिवर्तन गर्नुपर्ने धारणासमत प्रधानमन्त्री ओलीले राख्नुभयो ।

‘मन्त्री र कर्मचारीहरुले काम गर्ने ढाँचामा परिवर्तन गर्न जरुरी छ, अव यसअघिको जस्तो तौरतरिकाले चल्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । नीति, बैठक, छलफल, सुझावमा धेरै समय नवितार्इ काममा प्राथमिकता दिन पनि प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो । “आफैं गहन अध्ययन गर्नुहोस, अवधारणा बनाउनु होस । त्यसपछि सुझाव लिनुहोस, ” प्रधानमन्त्री ओलीले भन्नुभयो “सबै कुरा विज्ञबाट ग्रहण गरेर तपाईंले गर्न खोजेको काम पूर्ण हुँदैन । आफू स्पष्ट हुनुहोस । विज्ञको सुझावले त्यसलाई समृद्ध बनाउनु होस । ”

कार्यलय समयमा हुने बैठकको भत्ता नलिन पनि प्रधानमन्त्री ओलीले कर्मचारीलाई निर्देशन दिनुभयो । “कार्यालय समयमा गरेको कामको तपाईंले तलब लिनु भएको छ । त्यस कारण भत्ता लिने सोचाइ हटाउनु होस । मितव्ययी भएर चल्न सिक्नुहोस,” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल एयर लाइन्सको वाइड वडी जहाज उडाउने तयारी छ कि छैन भनी प्रश्नसमेत गर्नुभएको छ । त्यसैगरी नेपाल वायु सेवा निगम घाटामा जानुको कारणबारे पनि प्रधानमन्त्री ओलीले चासो राख्नु भएको छ ।

प्रधानमन्त्री ओलीले वन मन्त्रालयलाई वृक्षरोपणमा मात्र होइन, कृषि वन बढाउन आग्रह गर्नुभएको छ । “अनुपत्पादक जातको वृक्षारोपण होइन । उत्पादन दिने खालका फलफूलका विरुवा रोप्न प्रेरित गर्नुहोस” प्रधानमन्त्री ओलीले भनुनभयो “यस्तो गरेमा फलजति जनताको बोटजति सरकारको हुन्छ ।”

सहकारीहरु मार्फत ठुलो मात्रामा कृषि उत्पादन गर्न सकिने विभिन्न देशको दृष्टान्त दिदैं प्रधानमन्त्री ओलीले त्यसै अनुसार नेपालमा पनि वृहत उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो । “वृहत मात्रामा कृषि उत्पादन गरौं । जसलाई निर्यात गर्न पनि सजिलो हुन्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अहिलेको हाम्रो न्यून उत्पादनले गर्दा बजारमा पुर्याँउदा खर्च पनि नधान्ने स्थिती सृजना भएको हो । ”

प्रधानमन्त्री ओलीले कृषि, उद्योग, पर्यटन, सेवाका क्षेत्रलाई आधुनिकिकरण गरेर रोजगारी सृजना गर्नु पर्नेतर्फ ध्यान दिनपनिमन्त्री र सचिवलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहमा भएको समन्वयको अभावलाई घटाउनु पर्ने बताउनु भयो । “यस्ता कुराले कतिपय ठाउँमा कार्यक्रम, योजना र बजेट दोहोरो पर्ने स्थिती छ । त्यस्ता कुरालाई हटाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

आजको समिक्षा बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुर, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवहरु खगराज बराल र कृष्ण विसीले आफ्नो आफ्नो मन्त्रालयको प्रगति विवरण पेश गर्नुभएको थियो ।

यसैगरी भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनाली,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलयका सचिव महेश दाहाल,वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले प्रगति विरण पेश गर्नुभएको थियो ।

बाँकी मन्त्रालयहरुको प्रगति समिक्षा बैठक आगामी शनिवार हुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जनाउनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16