२०८३ वैशाख ८, मंगलबार
४:४४:५४ दिउँसो
- ADVERTISEMENT -

सम्पदा पुनर्निर्माण अझै मन्द गतिमा

प्रकाशित मिति: २०७५ मंसिर ६, बिहीबार

1284
Shares

काठमाडौँ, ६ मङ्सिर २०७५ । भूूकम्पले ध्वस्त बनाएका देशभरका करिब ८ सय सम्पदामध्ये हालसम्म करिव २ सय मात्र पुनर्निर्माण भएका छन् । चालू आर्थिक वर्षमा करिब १ सय ५० सम्पदा पुनर्निर्माण भइसक्ने पुरातत्व विभागले जनाएको छ ।

भूकम्पले विश्वसम्पदा सूचीमा सूचीकृत उपत्यकाका तीनवटा दरबार क्षेत्रका अधिकांश सम्पदा ध्वस्त बनाएकोमा करिब सय सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । विश्वसम्पदा सूचीमा सूचीकृत उपत्यकाका करिब १ सय ५० सम्पदा क्षतिग्रस्त भएको तथ्यांक छ । भक्तपुर दरबार क्षेत्र हेरचाह अड्डा प्रमुख मोहनसिंह लामाका अनुसार त्यहाँका १३ सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

क्षतिग्रस्त ८ सयमध्ये २ सय मात्रै बने

उहाँका अनुसार भक्तपुर नगरपालिकाले ४, पुरातत्व विभागले ४ र अन्य निकायको सहयोगमा त्यहाँका १३ सम्पदाको पुननिर्माण सम्पन्न भएको हो । भक्तपुरको खौम गेट, बद्रीनाथ, केदारनाथ, दुईवटा नारायण, शिव मन्दिरलगायतका सम्पदाको पुनर्निर्माण भइसकेको छ । त्यसै गरी पाटन दरबार क्षेत्रमा करिब १० वटाको निर्माण सम्पन्न भएको छ । अधिकांश सम्पदाको काम अघि बढिरहेकाले छिटै सम्पन्न हुने क्रममा रहेको पाटन दरबार हेरचाह अड्डा प्रमुख काजीमान प्याकुरेलले जानकारी दिनुभयो ।

भकम्पले सबैभन्दा बढी क्षति पु¥याएको हनुमानढोका दरबार क्षेत्रमा करिब १५ सम्पदा संरक्षण र पुनर्निर्माण भइसकेका छन् । हनुमानढोका दरबारक्षेत्र विकास समितिका प्रमुख अरुणा नकर्मीले सम्पदा पुनर्निर्माण कार्य द्रुत गतिमा भइरहेको दाबी गर्नुभयो । हनुमानढोका दरबार क्षेत्रमा रहेको वसन्तपुर दरबारको कीर्तिपुर टावर निर्माण सम्पन्न भइसकेको छ । भक्तपुर टावर पुनर्निर्माण क्रममा रहेको प्रमुख नकर्मीले जानकारी दिनुभयो ।

सो क्षेत्रका तलेजु, शिवमन्दिर, कागेश्वर, गद्धी बैठक, ठूलो नगरा, सरस्वती, देगु तलेजुलगायतमा सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेको छ भने लक्ष्मीनारायण, प्रताप मल्लको शालिक, काष्ठमण्डप, दशअवतार, माजु देःगको पुनर्निर्माण भइरहेका छन् । तलेजुको पुनर्निर्माण र संरक्षणकार्य सम्पन्न भइसकेको बताउँदै नकर्मीले भन्नुभयो– ‘अन्य सम्पदाहरु पुनर्निर्माण क्रममा रहेका छन् ।’

तीनवटै दरवार क्षेत्रमध्ये हनुमानढोका क्षेत्रमा ढिलो गरी पुनर्निर्माण शुरु भएको थियो । पाटनमा कृष्ण मन्दिर, दुईवटा मणि मण्डप, बहादुर शाहको बैठक भवन, सुन्दरीचोकको पूर्वी भाग, मूल चोकको तलेजु मन्दिर, मल्ल राजा योगनरेन्द्र मल्लको स्तम्भ, मणिमण्डपलगायतका सम्पदाको पुनर्निर्माण सम्पन्न भएको प्रमुख प्याकुरेलले जानकारी दिनुभयो ।

देशभरका सबै सम्पदा क्षेत्रमा पुनर्निर्माण कार्य द्ु्रत गतिमा भइरहेको पुरातत्व विभागको भनाइ छ । विभागका प्रवक्ता रामबहादुर कुँवरले भन्नुभयो– ‘विश्वसम्पदा क्षेत्रका मात्र नभई भूकम्प अति प्रभावित १४ जिल्ला मात्र होइन, भूकम्प प्रभावित ३१ जिल्लामा सम्पदाको पुनर्निर्माण भइरहेको छ ।’ विभागले स्थानीय तहको सहकार्यमा देशैभरका सम्पदाको पुनर्निर्माण जारी राखेको उहाँको भनाइ छ । विभागका महानिर्देशक भेषनारायण दाहाल निरन्तर रुपमा काम भए आगामी दुई वर्षभित्र विश्वसम्पदा क्षेत्रका सबै सम्पदा पुनर्निर्माण भइसक्ने दाबी गर्नुहुन्छ ।

विश्व सम्पदाक्षेत्रअन्तर्गत चाँगुनारायण, स्वयम्भु, बौद्धनाथ र पशुपतिक्षेत्र छन् । उहाँका अनुसार बौद्धनाथ क्षेत्र सबैभन्दा छिटो निर्माण भएको हो । स्थानीय र बौद्धनाथ विकास समितिको सहयोगमा बौद्धनाथको पुनर्निर्माण भएको थियो । पशुपति क्षेत्र विकास समितिको सहयोगमा पशुपतिनाथ क्षेत्रका १०, चाँगुनारायण क्षेत्रको चाँगुनारायण र तिलेश्वर, स्वयम्भुको प्रतापुर, अनन्तपुर, आनन्दकुटी महाविहार, टासी गोयाङ गुम्बाको पुनर्निर्माण सम्पन्न भएको छ ।

हनुमानढोका क्षेत्रका सम्पदा पुनर्निर्माण गर्ने क्रममा केही समस्या भएकोले केही समय ढिलो भएको बताउँदै महानिर्देशक दाहालले भन्नुभयो– ‘अब सबै जिल्लाका सम्पदाको पुनर्निर्माण द्रुत रुपमा अघि बढ्नेछ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81