- ADVERTISEMENT -

गोरखामा तेश्रो गायन प्रतियोगिता हुने

November 21, 2018
1434
Shares
- ADVERTISEMENT -

गोरखा, ५ मङ्सिर २०७५ । दशौं गोरखा महोत्सवको अवसरमा गोरखा तारा (गायन) प्रतियोगिता हुने भएको छ । गोरखा महोत्सवका सन्र्दभ पारेर तेश्रो गोरखा तारा (गायन) प्रतियोगिता गर्न लागिएका आयोजक गोरखा उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

‘विगतका दुई वटा महोत्सवहरुमा हामीले गोरखा तारा कार्यक्रम गरिसकेका छौं’ उक्त कार्यक्रम व्यस्थापन समितिका संयोजक भगवानबाबु मास्केले भने ‘गोरखा तारा कार्यक्रम महोत्सवको नियमित कार्यक्रमको रुपमा स्थापित भईसकेको छ , त्यसैले यस पटक पनि प्रतियोगिता आयोजना गरिएको हो ।’ जसअनुसार पहिलो गोरखा ताराको रुपमा साजन गुरुङ र दोश्रोमा मनराज गुरुङ घोषित भईसकेका छन भने यस पटक तेश्रो गोरखा ताराको खोजी गर्न लागिएको आयोजकको भनाई छ ।

- ADVERTISEMENT -

Advertisement

यहि पुस ५ गते देखि १४ गते सम्म हुने दशौं गोरखा महोत्सव एवं अन्तरप्रदेश स्तरिय कृषि, पयर्टन तथा व्यापार मेला २०७५ को अवसरमा आयोजित उक्त प्रतियोगिताको लागि आवेदन खुल्ला गरिएको छ । ‘प्रतियोगितामा भाग लिन चाहनेहरुबाट आवेदन माग गरेका छौं’ गोरखा उद्योग वाणिज्य संघको द्धितिय उपाध्यक्ष समेत रहेका संयोजक मास्केले भने ‘प्रतिभा भएर पनि ओझेलमा परेकाहरु क्षमता प्रस्फुट गराउने हाम्रो अभिप्राय हो ।’ ५०० रुपैयाँ दर्ता शुल्क तोकिएको उक्त प्रतियोगिताको बिजेताले २० हजार र ट्रफि पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताका अन्तिम ३ प्रतिस्पर्धीलाई प्रतिव्यक्ति ५ हजार पुरस्कार दिइने संयोजक मास्केले बताए । ‘जसले प्रतिभा भएर पनि मौका पाउनु भएको छैन, उहाँहरुको लागि यो कार्यक्रम गरिएको हो’ उनले भने ‘यसले नयाँ कलाकार उत्पादन गरी गोरखाको संगित क्षेत्रमा योगदान पु¥याउनेछ भन्ने हाम्रो विश्वास छ ।’ उक्त प्रतियोगितामा सहभागिता जनाउन चाहाने कलाकारहरुले मंसिर २५ गते साँझ ५ बजेसम्म नाम दर्ता गराईसक्नु पर्नेछ भने २८ गते बिहान ८ बजेबाट अडिसन सुरु हुने आयोजकले बताएको छ ।

तेश्रो गोरखा तारा गायनमा सहभागिता जनाउन चाहानेहरुले लोक लयमा आधारित पुराना तथा आधुनिक गीतहरु मात्र प्रस्तुत गर्नुपर्नेछ नियम बनाइएको छ । आफुले गाउने गीतको ट्रयाक सहभागीले आपैmले व्यवस्था गर्नुपर्ने मास्केले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -