रुपन्देही, मंसिर ५

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधानविपरित चलाएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले सो आरोप लगाउनु भएको हो ।

सभापतिले बहुमतको आडमा पार्टीलाई विधानविपरित चलाउनु भएको छ, जस्को कारण कांग्रेस संकटमा छ, नेता सिंहले भन्नुभयो । उहाँले विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको उल्लेख गर्नुभयो । पूर्वमहामन्त्री समेत रहनुभएका नेता सिंहले बिपी कोइराला, गणेशमान सिंह र किसुनजी (कृष्णप्रसाद भट्टराई) ले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको बताउनुभयो ।

बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान सकेन, ठीकबिपरित हिड्यो, सिंहले भन्नुभयो । अब सबैलाई समेटेर विधान र विधिलाई अवलम्बन गर्ने नेतृत्व काङ्ग्रेसमा आवश्यक रहेको उहाँको भनाई थियो ।
नेता सिंहले वर्तमान सरकार सङ्घीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोपसमेत लगाउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्